सर्लाही भन्सार कार्यालय मलंगवाका कर्मचारीको मिलेमतोमा ठेक्का सम्झौता विपरीत कवाडी सामाग्री निकासी हुन लागेको रहस्य फेला परेको छ।सर्लाही भन्सार कार्यालय मलंगवाले २०८३ बैशाख ४ गते गोप्य सिलबन्दी बोलपत्र सूचना जारी गरेर ठेक्का लगाएकोमा एक सय ९३ वटा मोटरसाईकल र तीन वटा रथहरु निकासी गर्दा भन्सार कर्मचारीको मिलेमतोमा भन्सार नियमावली २०६४ को नियम ३५९१० विपरित टुक्रा नबनाई सिधैँ निकासी गर्न लागेको रहस्य फेला परेको हो ।
भन्सार नियमावली २०६४ को नियम ३५(१) बमोजिम भन्दै गोप्य सिलबन्दी माग गरेको कार्यालयले एक सय ९३ वटा मोटरसाईकल र तीन वटा रथको रु १८ लाख ३६ हजार पाँच सय मुल्य तोकेकोमा कुन व्यवसायीले लिलाम सकारे र कतिमा लिलाम सकारे भन्ने सूचना काँहिपनि टाँस गरेको वा प्रकाशन प्रसारण नगरेको साथै तीन वटा रथ डुवानी गर्न भन्दै दुई वटा ट्रक भन्सार कार्यालयमा पुगेपछि कमलामाई मिडिया प्रा.लिलाई जानकारी पाएपछि पुगेको हाम्रो टिमले खोजी गर्ने क्रममा तीन वटै रथलाई ट्रकलाई हटाउने बनाएर सिधैँ निकासी गर्न लागेको पक्ता लागेको हो ।
त्यसपछि कवाडीको लिलाम सकार गरेर व्यवसायीका प्रतिनिधि कुन्दन दासलाई सो सम्बन्धमा जिज्ञासा राख्दा उनले पत्र(कवाडी) बनाएर लैँजाँदा आफुहरुलाई फाईदा नहुने भएकाले ट्रकमा अटाउने बनाएर लैजान लागेको स्वीकार गरे।त्यसपछि भन्सार कर्मचारीहरुको मिलेमतोमा पत्रु(कवाडी)मा लिलाम गरिएको सवारी साधनहरु आवश्यक प्रक्रिया र मापदण्ड विपरित निकासी हुने गरेको रहस्य फेला परेको हो । सो सम्बन्धमा सर्लाही भन्सार कार्यालय मलंगवाका निमित्त प्रमुख धर्मेन्द्र सिंहलाई सोध्दा उनले सो सम्बन्धमा अनभिज्ञता प्रकट गरे।जसबाट पनि भन्सारका कर्मचारीको मिलेमतोमा प्रचलित कानुन विपरित कार्य हुन लागेको प्रष्ट भएको हो।
यसबाट ती एक सय ९३ वटा मोटरसाईकल पनि व्यवसायीले पत्रु(कवाडी) नबनाई सिङ्गै लगेका हुनकी भन्ने आशंका सृजना गरेको छ । भन्सारका कर्मचारीहरुको मिलेमतोमा नै भन्सार छली र राजश्व चुहावट हुने गरेका घटनाहरु सुनिने गरेको भएपनि सर्लाही भन्सार कार्यालय मलंगवामा यसरी प्रक्रिया विपरित काम हुन्छ भन्ने कर्म मात्र सुन्ने गरिएको थियो । यस पटक प्रष्ट भयो ।
यता,साे विषयमा सर्लाही भन्सार कार्यालय मलंगवाका प्रमुख ठाकुर आचार्यले सम्झौता विपरीत काम नगर्न भनेकाे र गरे आवश्यक कार्बाही हुने बताए ।साथै उनले समाचार लेख्दा आफुलाई अप्ठ्याे पर्ने भएकोले समाचार नलेखिदिन पनि कमलामाई मिडिया प्रा.लि संग अनुराेध गरे ।