सर्लाहीको लालबन्दी नगरपालिका ५ निवासी समाजसेवी ध्रुव रिजालले लालबन्दीका १०० भन्दा बढी विपन्न परिवारलाई कम्मल वितरण गर्नु भएको छ । रिजालले आईतवार (आज) लालबन्दी नगरपालिका ५ रन्जितपुर र मेजरगञ्जका विपन्न नागरिकलाई जाडोबाट सुरक्षित बनाउन भन्दै कम्मल वितरण गर्नु भएको हो ।
समाजसेवी रिजालले आफ्नो कुनै राजनीतिक उद्देश्य नभएपनि सितलहरबाट प्रताडित नागरिकलाई थोरै भएपनि राहत मिलोस भन्ने उद्देश्यले कम्मल वितरण गरिएको बताए । उनले आफ्नो उद्देश्य समाजसेवा रहेको बताएका छन् । समाजसेवाको यो अभियान गृह गाउँबाट सुरु भएपनि आउदा दिनमा नगरका सम्पूर्ण वडामा पुर्याउने लक्ष्य रहेको उनले बताए ।
समाजसेवी रिजालबाट प्राप्त कम्मल लालबन्दी नगरपालिका ५ का स्थानिय मिनप्रसाद ढुंगेल, ज्ञानबहादुर कटुवाल,खिलनाथ भण्डारी,नारायण गुर्मछाने, सुदिप न्यौपाने,प्रल्हाद बख्रेल,कमल चौधरी,हरि धमला,यादव दाहाल,प्रमोद थपलिया,सीता माझी, चित्र कोश्वार ,तिर्थ गजमेर र विष्णु पोखरेल लगायतकाको उपस्थितिमा वितरण गरिएको थियोे । कम्मल पाएपछि स्थानियले जाडोमा आफुहरूलाई ठुलो राहत पुगेको बताए ।