गोरखकाली नाकाबाट सई साहको चर्काे असुली,प्रमुख जिल्ला अधिकारी सहितको नाममा कमिसन जाने गरेको आशंका

506 Shares

नेपाल भारत सीमानाका स्थित सर्लाहीको गोरखकाली नाकामा सर्लाहीका प्रमुख जिल्ला अधिकारीको इसारमा कमिसन असुली हुने गरेको रहस्य बाहिरिएको छ।जिल्ला प्रशासन कार्यालय सर्लाहीको मिटरव्याजी शाखा हेरेका सई हरेन्द्र साहलाई प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको निर्देशनमा केही महिना पहिला प्रहरी चौकी गोरखकालीको प्रमुख बनाएर पठाईएको र त्यहाँबाट कमिसन असुली प्रमुख जिल्ला अधिकारी श्रेष्ठ सहित जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईलाई समेत जाने गरेको रहस्य बाहिरिएको हो ।

28-08-2025-68b074c821fc5-t.jpg
२०८२ भदौ १ गते आईतबार साँझ करिब ६ बजे एक भारतिय नागरिक रु दुई लाख नेपाली रुपैँया लिएर मलंगवा नगरपालिका १ को भेडैया नाकाबाट नेपाल प्रवेश गर्दा सई साहको नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएर सुजता पार्टी प्यालेसको नजिकै ल्याई रु ७० हजार कमिसन लिएर रु एक लाख ३० हजार फिर्ता गरी ती मानिसलाई छाडेपछि हाम्रो टिमले थप स्थलगत गर्दा सई साहले कमिसन असुलेर अन्यन्त्र पनि पठाउने गरेका रहस्य बाहिरिएको हो ।
सई साहले प्रहरी चौकी गोरखकालीको क्षेत्र  अन्र्तगत पर्ने सबै नाकाबाट काम गर्ने व्यापारीहरुसंग कमिसन असुल्ने गरेका र घरायसी सामान ल्याउन सर्व साधारणलाई अनावश्यक दुःख दिने गरेका,मलंगवामा रहेको युनिक होटल र साहारा होटलमा यौन धन्दा चल्न दिएर मासिक रुपमा कमिसन लिने गरेका समेत स्थानीय व्यापारीहरु नै बताउँछन् ।

28-08-2025-68b074c821fc5-t.jpg
स्थानीय व्यापारीहरुका अनुसार सई साहले मासिक करिब रु तीन लाख रकम असुल्ने गरेका र त्यसबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक राईलाई रु ५० हजार मासिक र प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई समेत ठूलो रकम बुझाउने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठको निर्देशनमा आफु प्रहरी चौकी गोरखकाली प्रमुख भएर आएको बताउने सई साहले आफुलाई कसैले केही गर्न नसक्ने धम्की दिँदै हिडेको समेत पाइएको छ।सई साहले आफुलाई पत्रकार वा अरु कोही कसैले केही गर्न नसक्ने धम्की लाउदै असुली चर्काउनुमा प्रहरी संगठनको माथिल्लो तहका अधिकारीहरुको समेत मिलेमतो रहेको हुन स्थानीयको आशंका छ ।
गोरखकाली नाकाबाट दिनहु कपडा,हार्डवेयर,मोबाइल पार्टस,स्याउ सहित किराना तथा खाद्यान्नका सामाग्रीहरु र कवाड ओसार पसार हुने गरेको जो कोहिले पनि सजिलै देख्न सकिन्छ ।सो विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक योगेन्द्र्र कुमार खड्का,प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राई सहित मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,धनुषाका प्रहरी प्रमुख एवमा डिआईजी,जिल्ला प्रशासन कार्यालय सर्लाही र प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी भएको भएपनि नत कार्बाही गर्ने कुनै शंकेत देखिएको छ नत अनुसन्धान नै भएको छ ।

28-08-2025-68b074c821fc5-t.jpg
नेपाल भारत सीमानाका स्थित सर्लाहीको मुख्य नाका गोरखकाली नाकाबाट मासिक कमिसन असुलीमा मात्र प्रहरीको ध्यान गएको स्थानीय बताउँछन्।सीमा नाकामा खटेर मात्र सर्वसाधारणलाई दुख दिने र तस्करहरूसंग मासिक रूपमा लाखौ कमिसन असुल्ने काम गोरखकाली नाकाबाट भई रहेको प्रष्ट छ ।
यता,सो विषयमा सोध्दा सई साहले आफुले कुनैपनि असुली नचलाएको र आफुलाई फसाउने षडयन्त्र भएको दाबी गरे।उनले एक व्यापारीको नाम लिँदै ती व्यापारीको स्वार्थ पुरा नभएकाले आफुलाई बद्नाम गराउने काम सुरु भएको समेत बताए ।साथै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आफुमाथि लागेको उक्त आरोपमा सत्यता नभएको दाबी गरे।उनले प्रहरी कर्मचारीहरुको खटन पटन आफ्नो अधिकारभित्र नरहेको समेत दाबी गरे ।उनले सो सम्बन्धमा अनुसनधान सुरु गर्ने पनि बताएका छन् ।

सम्बन्धित समाचार