संघीय सरकारको निर्णयले लालबन्दी नगर अस्पताल भाईरल

378 Shares

नेपाल सरकारले शनिबार र आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्थानीय जनमानसमा अन्यौलता सृजना गरेको छ।विशेष गरी सरकारी स्वास्थ्य संस्थाहरुमा नियमित सञ्चालन हुँदै आएको ओपिडी सेवा सार्वजनिक बिदाको दिन सञ्चालन हुने की नहुने भन्ने विषयमा स्थानीय जनमानसमा अन्यौलता सृजना भएको पाइएको हो ।
नेपाल सरकारले शनिबार र आईतबार सार्वजनिक बिदा घोषणा गरेपछि स्थानीयस्तरका सरकारी स्वास्थ्य संस्थाहरुले प्रदान गर्दै आएको ओपिडी सेवा सार्वजनिक बिदाको दिन सञ्चालन हुने की नहुने भन्ने विषयमा स्थानीय जनमानसमा अन्यौलता सृजना भएपछि सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पतालले पनि आईतबार ओपिडी सेवा बन्द गरेको थियो।लालबन्दी नगर अस्पताल सहित हरिवन नगरपालिका ४ स्थित सासापुरमा रहेको अस्पताल,इश्वरपुर नगरपालिका ६ स्थित बयलवासमा  रहेको अस्पतालका साथै बरहथवामा रहेको अस्पतालले पनि आईतबार ओपिडी सेवा बन्द गरेका भएपनि लालबन्दी नगर अस्पताल भाईरल भएपछि सो सम्बन्धमा कमलामाई मिडिया प्रा.लिले लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन कुमार चौधरीलाई सो विषयमा जिज्ञासा राख्दा “नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिवार र आइतबार लगातार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाइ राख्न अस्पतालहरूले आइतवारको हकमा आफ्नो अस्पतालमा बिरामीको चाप र जनशक्ति हेरेर ओपिडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने र यस व्यवस्थाको लागू गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन विदा दिने व्यवस्था गर्ने र विदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्ने साथै सबै प्रादेशिक अस्पतालहरूले पनि त्यो पालना गर्ने भन्ने परिपत्र भएको तर स्थानीय तहका अस्पतालहरुको हकमा कुनै कुरा उल्लेख नगरिएका कारणा केही अन्यौलता सृजना भएको छ।”उनले बताए ।

nagar-aspal-780x470.jpg
यता,लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले अन्य दिन बिहान ९ बजेदेखि बेलुका ५ बजे सम्म ओपिडी सेवा सञ्चालन गरी रहेकोमा संघीय सरकारको परिपत्रपछि स्थानीय तहका अस्पतालहरुले के गर्ने भन्ने विषयमा अन्यौलता भएपछि आईतबार एक दिन ओपिडी सेवा रोकिएको भएपनि आगामी हप्तादेखि सो सम्बन्धमा कसरी व्यवस्थापन गर्न सकिन्छ सोही अनुसार गरेर अगाडि जाने बताए ।

298d4299-68f7-4876-a1ff-b978564ca773.jpg
साथै,स्वास्थ्य सेवा जस्तो अत्यावश्यक र सम्वेदनशिल क्षेत्रमा सेवा अवरुद्ध हुनु नागरिकको आधारभूत अधिकारमाथि प्रत्यक्ष असर पर्ने स्थानीय ठाकुर प्रसाद बख्रेलले विज्ञप्ती नै जारी गरेर बताएका छन् ।उनको अपिलमा संघीय सरकारको निर्णयको हवाला दिँदै सेवा बन्द गरिएको भनिए पनि त्यस्तो कुनै निर्णयले स्वास्थ्य सेवा नै प्रभावित पार्ने उद्देश्य नराख्ने स्पष्ट पारिएको छ।

669718643_1289222143309866_8619009544980291388_n.jpg
नागरिकहरूले विगतमा जस्तै अस्पतालका सम्पूर्ण सेवा नियमित र निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। अपिलमा नगर प्रमुख तथा सम्बन्धित निकायहरूलाई कुनै पनि बहाना वा विकल्प नराखी तत्काल सेवा सञ्चालन सुनिश्चित गर्न अनुरोध गरिएको छ ।बख्रेलले जारी गरेको विज्ञप्तीमा “अन्य प्रशासनिक वा व्यवस्थापकीय समस्या क्रमशःसमाधान गर्न सकिन्छ,तर स्वास्थ्य सेवा बन्द हुनु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन,” भनिएको छ ।

सम्बन्धित समाचार