तीन पालिका जोड्ने लखनदेहीको झोलुङ्गे पुल जिर्ण

133 Shares

सर्लाहीको लखनदेही नदीमा निर्माण भएको तीन पालिका जोड्ने झोलुङ्गे पुल जिर्ण अवस्थाका पुगेको छ ।लालबन्दी,हरिवन र हरिपुर नगरपालिका जोड्न लखनदेही नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सरोकारवालाको वेवास्थाका कारण दिन प्रतिदिन जिर्ण अवस्थाका पुगेपछि स्थानीय सर्व साधारण पुल मुनीबाट हिड्न बाध्य भएका छन् ।
लालबन्दी नगरपालिका २,हरिवन नगरपालिका ५ र हरिपुर नगरपालिका २ को संगमस्थल स्थित लखनदेही नदीमा निर्माण भएको झोलुङ्गे पुल जिर्ण अवस्थामा पुग्दा पनि सरोकरावाला  निकाय मौन बस्दा मर्मत सम्भारको अभावमा पुल जिर्ण अवस्थाका पुगेपछि आफुहरु पुल मुनीबाट हिड्न बाध्य भएको स्थानीयको गुनासो छ ।
पुलका पाँच–सात ठाउँमा फलामे तार र प्लेट खसेर प्वाल परेपछि पुल प्रयोग गर्न सक्ने अवस्था नरहेपछि पैदलयात्री,साइकल र मोटरसाइकल चालक पुल मुनीको खोलैबाट हिड्न बाध्य भएको उनीहरुको गुनासो छ।खोलामा पानी नहुँदा स्थानीय तलबाटै हिँड्न बाध्य छन् भने वर्षायाममा यही धराप पुल प्रयोग गर्नु पर्ने बाध्यता छ।
स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ट्रेल ब्रिज सपोर्ट युनिट परियोजना मार्फत केही वर्षअघि निर्माण गरिएको यो झोलुङ्गे पुल अहिले कुन सरकारी निकायको स्वामित्वमा पर्छ भन्ने स्पष्ट छैन।परियोजना“फेज आउट”भएपछि पुलसमेत बेवारिसे जस्तै बनेको स्थानीयको भनाई छ।
यता,झोलुङ्गे पुलको जिम्मेवारी कुन निकायको हो भन्ने प्रष्ट नहुँदा समस्या झनै जटिल बनेको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले बताए।पत्र लिएर जाँदा कहिले यो परियोजना,कहिले त्यो कार्यालय भनेर फर्काइन्छ।जुनसुकै निकाय भए पनि प्रदेश सरकारकै मातहत रहेकाले समयमै मर्मत भएको भए दुर्घटना टार्न सकिन्थ्यो। नगर प्रमुख बुढाथोकीले बताए।लालबन्दी र हरिवन नगरपालिकाले प्रदेश सरकारलाई पटक–पटक पत्राचार गरे पनि समस्या ज्यूँका त्यूँ रहेको छ।त्यसैगरी,सामान्य मर्मतको जिम्मेवारी पालिकाको र ठूलो खर्च लाग्ने मर्मतका लागि प्रदेश सरकारसँग बजेट माग्नुपर्ने व्यवस्था रहेको ट्रेल ब्रिज सपोर्ट युनिट परियोजनाका काकार्यक्रम संयोजक राजेन्द्र श्रेष्ठले बताए ।

सम्बन्धित समाचार