अनेरास्ववियुद्धारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध मसाल जुलुस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१० गते   २४९७ पटक हेरिएको

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सर्लाहीको लालबन्दीमा मसाल जुलुस निकालीएको छ । नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)सर्लाहीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्धमा मसाल जुलुस निकालेको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)सर्लाहीका सचिव आशिषबाबु दाहालको नेतृत्वमा निकालीएको मसाल जुलुसमा मुल्यवृद्धि फिर्ता गर,जनताको ढाड सेक्न पाइदैन्,शेरे तेरो पाराले दुःख पाए साराले,परमादेशको सरकार मुर्दावाद लगायतका नारा लगाउँदै लालबन्दी नगरपालिका ७ स्थित डुमडुमे मन्दीर अगाडीबाट पुर्व पश्चीम लोकमार्ग हुँदै लालबन्दी नगरपालिका ६ को जनवादी चोक सम्म विद्यार्थीहरुले हातमा मसाल बोकेर सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध गरेका हुन ।
नेपाल सरकारले भरखरै पेट्रोल,डिजेल,मट्टीतेल, खाने तथा ग्याँसको समेत चर्काेमुल्य वृद्धि गरेको थियो । त्यसको विरुद्धमा अनेरास्ववियु सडकमा ओर्लीएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech