Close This

समृद्ध लालबन्दी बनाउन नगर प्रमुखमा बुढाथोकीको विकल्प छैन ः अध्यक्ष प्रचण्ड

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२७ गते   ३१८७ पटक हेरिएको

लालबन्दीकोचुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले देशभर चुनावी तालमेल गर्ने नेपाली कांग्रेससंग सहमती भएको बताउनु भयो । बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न सर्लाही आउनु भएका अध्यक्ष प्रचण्डले लालबन्दी नगरपालिकाका कांग्रेसका नेता कार्यकर्ताहरुले पनि केन्द्रमा भएको सहमती मान्नु पर्ने बताउनु भयो ।
मंगलबार दिउँसो नेकपा (माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)द्वारा लालबन्दीमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लालबन्दीका कांग्रेसका नेता कार्यकर्ताहरुलाई केन्द्रमा भएको सहमतीको पालना गर्न आग्रह गर्नु भयो ।
उहाँले ‘केन्द्रीय गठबन्धनको तर्फबाट लालबन्दी नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद कुमार बुढाथोकी र उप प्रमुख पदका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का गोविन्द प्रसाद अधिकारीलाईअत्याधिक बहुमतले जिताउन पनि लालबन्दी नगरबासी समक्ष अनुरोध गर्नुभयो।’, उहाँले गठबन्धनका नेता कार्यकर्ताहरु वा कोही कसैले आफ्नो स्वार्थ परिपुर्ति गर्ने र गठबन्धनको निर्णय नमान्ने  पार्टीको अनुशासन उल्लंघन गर्नेलाई कार्बाही गर्न गठबन्धन दलहरु विच छलफल हुने बताउनु भयो ।
अध्यक्ष प्रचण्डले गठबन्धनमा आवद्ध सबै दलका नेता कार्यकर्ताले केन्द्रीय गठबन्धनको मर्म र भावनालाई बुझेर एकताबद्ध हुनुपर्ने बताउनु भयो ।‘लालबन्दी नगरपालिकालाई समृद्ध बनाउने, अझ सुरक्षित र स्वस्थ स्वच्छ बनाउने विषयमा प्रह्लाद कुमार बुढाथोकीका साथै गठबन्धनका उम्मेदवारहरुलाई भारी मतले विजयी गराउनु आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताउनु भयो ।
६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सर्बसम्मतले नगर प्रमुख र उप प्रमुख पदका उम्मेदवार चयन गरेको अध्यक्ष प्रचण्डको दाबी छ । बाँकी रहेका नगरपालिका तथा गाउँपालिकाहरुमा पनि स्थानिय आवश्यकता अनुसार गठबन्धन भएको उहाँले बताउनु भयो ।
गठबन्धनबाट लालबन्दी नगरपालिकाको नगर प्रमुख पदको उम्मदवारमा बुढाथोकी सर्बसम्मत उम्मेदवार हुने सहमती भएको र कांग्रेसका नगर प्रमुख पदका उम्मेदवारको  उम्मेदवारीे फिर्ता हुन नसक्नुको कारण आफूले पनि बुझ्न नसकेको अध्यक्ष प्रचण्डले बताउनु भयो । कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारको उम्मेदवारी फिर्ता नभएपनि नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट आफ्ना उम्मेदवारको उम्मेदवारी फिर्ता सम्बन्धी चिठ्ठी पठाईएकाले गठबन्धनको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बुढाथोकी नै भएको उल्लेख गर्दै लालबन्दीका सचेत मतदाताले उनी जस्ता असल कम्युनिष्ट नेतालाई जिताउने विश्वास आफूले लिएको अध्यक्ष प्रचण्डले बताउनु भयो ।
बुढाथोकी माओवादी केन्द्रीय कार्यालयमा मुख्य सचिवको रुपमा कार्य गरेर देशव्यापी नेता कार्यकर्तासँग समन्वयकारी भूमिका खेलेका केन्द्रीय स्तरका नेता मात्र नभई एउटा असल र ईमान्दार क्रान्तिकारी कम्युनिष्ट कार्यकर्ता भएकाले लालबन्दीको समृद्धिका लागि उनलाई जिताउनै पर्ने अध्यक्ष प्रचण्डको जिकिर छ । बुढाथोकी नेतृत्वको गठबन्धन उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन आग्रह गर्दै अध्यक्ष प्रचण्डले लालबन्दी नगरपालिकालाई स्मार्ट सिटीको रुपमा निर्माण गर्न,शिक्षाको हब बनाउन,रोजगारीको व्यावस्था,प्राविधि शिक्षा,कृषि औद्योगिकीकरण लगायत विकास निर्माणमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
माओवादी लालबन्दी नगर अध्यक्ष लेखराम जर्गा मगर(अर्जुन)को अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले लालबन्दी कम्युनिष्टहरुको लालकिल्ला भएकाले माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका नगर प्रमुख र उप प्रमुख पदका उम्मेदवारहरुलाई जीताएर देखाउनुपर्ने आवश्यकता बताएका छन् ।
लालबन्दीको समग्र विकास निर्माणका लागि आफूले उम्मेदवारी दिएको माओवादी केन्द्र र उकिकृत समाजवादीको गठबन्धबाट नगर प्रमुख पदका उममेदवार प्रह्लाद कुमार बुढाथोकीले बताउनु भयो ।उहाँले लालबन्दी नगरपालिकालाई स्मार्ट सिटीका साथै गोलभेँडा शित भण्डार केन्द्र निर्माण गर्ने, कृषि औद्योगिकीकरणतर्फ लगानी गर्दै रोजगारीका अवसर सृजना गर्ने लगायतका काम गर्न आफ्नो उम्मेदवारी रहेको र ती कुराहरु पुरा गर्न आफ्नो टिमलाई मतदान गर्न लालबन्दी नगरबासी समक्ष आग्रह गर्नु भयो ।
अध्यक्ष प्रचण्डले सर्लाहीको लालबन्दी,धनकौल र चक्रघट्टाका तीन सहित महोतरी र धनुषाको चुनावी सभालाई सम्बोधन गर्नु भएको माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष समेत रहनु भएका लालबन्दी नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार बुढाथोकीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech