Close This

प्रास्वाके लालबन्दीलाई २ थान अक्सिजन कन्सेन्टट्रेटर मेसिन सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-४ गते   २१७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । एनआरएनए जर्मनीद्धारा प्राप्त भएको अक्सिजन कन्सेन्टट्रेटर मेसिन नेपाल खेलकुद महासंघले प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई हस्तान्तरण गरिएको नेपाल खेलकुद महासंघ केन्द्रिय सचीव प्रभु नारायण शिवाकोटी (स्याम) ले जानकारी दिनु भयो ।
एनआरएनए जर्मनीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढी रहेको समयमा कोरोना संक्रमणबाट बचाउन सहयोग पुगोस भनेर प्राथमिक स्वास्थ्य केन्द्रलाई २ थान अक्सिजन कन्सेन्टटे«टर मेसिन उपलब्ध गराएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीकी प्रमुख डा.प्रगती राना मगरले जानकारी दिनु भयो । 
एनआरएनए  जर्मनीका अध्यक्ष हरि न्यौपाने,महिला बिभाग प्रमुख सुनिता थापाको विशेष पहलमा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई उक्त सामाग्री सहयोग प्राप्त भएको नेकपा)एमाले) निटक विद्यार्थी संगठन अनेरास्ववियूकी नेतृ अन्जना शिवाकोटीले जानकारी दिनुभयो ।  उक्त मेसिनबाट एकैपटकमा २ जनालाई सेवा दिन सकिने अस्पताल स्रोतले जनाएको छ ।
सहयोग प्राप्त सामाग्री नेकपा (एमाले)का नेता बालकृष्ण शिवाकोटी र लालबन्दी नगरपालिका  ९ का वडा तथा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका व्यावस्थापन समिितका अध्यक्ष गोपाल घिमिरेमार्फत स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्याक्रममा  लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष घिमिरे, नेपाल खेलकुद महासंघका केन्द्रिय सचीव शिवाकोटी,विद्यार्थी नेतृ अन्जना,प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीकी प्रमुख डा. राना,नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाका अध्यक्ष धुर्व घिमिरे,उद्द्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी,नेकपा(एमाले)सर्लाहीका नेता कमल पौडेल ,नेपाल खेलकुद महासघ सर्लाहीका अध्यक्ष बिष्णु सुस्लिङ्ग लगाए स्वासथय संस्थाका स्वासथ्यकर्मीहरुको उपस्थिति रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका व्यावस्थापक राजकुमार सिंहले जानकारी दिनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech