दुध उत्पादक किसानको ८ करोड बढी भुत्तानी रोकियो,दुध बिक्रि नभएको डिडिसीको भनाई

423 Shares

सर्लाहीका  दुध उत्पादक किसानहरुको करिक रु आठ करोड भन्दा बढी रकम दुग्ध विकास संस्थान(डिडिसी)ले भुक्तानी नगरेको पाइएको छ।सर्लाहीको लालबन्दी र बरहथवामा रहेको दुग्ध विकास संस्थान(डिडिसी)को छिलिङ सेन्टरले जिल्लाका विभिन्न सहकारीहरुबाट संकलन गरेको दुधको रु आठ करोड ४३ लाख ७५ हजार रकम विगत करिब छ महिनादेखि भुक्तानी नगरेको पाइएको हो ।

ddc.jpg
साना किसान कृषि सहकारी संस्था लि,परवानीपुर,हरिभवन,शंकरपुर सहित महिला सहकारी संस्था लि.रानीगन्ज र कृषि उत्पादन एवम प्रवर्धन केन्द्र बागमतीबाट गरी दैनिक करिब सात हजार पाँच सय लिटर दुध संकलन गर्ने दुग्ध विकास संस्थान(डिडिसी)ले करिब छ महिनादेखिको रकम भुक्तानी नगरेको पाइएको हो ।महिनाभरी दुध बेचेर घर भान्सार चलाउने सपनामा रहेका जिल्लाका किसानहरुले करिब छ महिनादेखि आफुले बेचेको दुधको रकम नपाउँदा समस्यामा परेको गुनासो गरेका छन् । 

ddc1.jpg
यता,दुग्ध विकास संस्थान(डिडिसी)ले संकलन भएको दुध बिक्रि वितरण नभएरपाउडरदुध बनाएर थन्क्याउनु परेका कारण दकिसानहरुसंग खरिद गरेको दुधको मुल्य तिर्न नसकेको बताएको छ ।नेपाली बजारमा सस्तोमा भारतिय दुध भित्रीएका कारण पनि नेपाली किसानहरुले उत्पादन गरेको दुध बिक्रि नभएको दुग्ध विकास संस्थान(डिडिसी)को भनाई छ ।

ddc2.jpg
दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सार नाकाबाट धमाधम नेपाल भित्रिने गरेको छ।कृषि मन्त्रालयले २०८० फागुन २ गते नौ प्रकारका दुग्धजन्य वस्तु आयातमा रोक लगाएको थियो।स्किम मिल्क पाउडर,डेरी ह्वाइटनर,बटर,घिउ,होल मिल्क पाउडर र चिजलगायतका दुग्धजन्य पदार्थको आयातमा रोक लगाएको मन्त्रालयकी प्रवक्ता डा.मतिना जोशी बैद्यले जानकारी दिईन् । तर कतिपय कानूनी तथा कतिपय गैर कानुनी बाटोबाट नेपाल प्रवेश गर्ने गरेको पाएको छ ।

ddc3.jpg
कृषि मन्त्रालयले आयातमा रोक लगाएपछिको अवधिमा समेत तीन सय ६८ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।ती सामाग्री रु १७ करोड ६५ लाख मूल्य बराबरको रहेको विभागले जनाएको छ ।कृषि मन्त्रालयको निर्णय भन्सार विभागलाई जानकारी नगराइएको भन्सार विभागका महानिर्देशक महेश भट्टराईले बताए।“भन्सार विभागलाई सोही समयमा बोधार्थ गराएको पत्रबाट देखिएन, सम्बन्धित विभागको स्वीकृति विना कुनै पनि दुग्धजन्य पदार्थ आयात अनुमति हुँदैन।”महानिर्देशक भट्टराईले बताए ।
“मन्त्रालयको पत्र पश्चात पनि पशुसेवा विभाग/खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पटके रूपमा यदाकदा दुग्धजन्य वस्तु आयातका लागि अनुमति दिएको भन्सार विभागको अभिलेखमा देखिएको छ ।”उनले भने,महानिर्देशक भट्टराईका अनुसार कतिपय हवाई यात्रुले विदेशबाट आउँदा व्यक्तिगत प्रयोजनका लागि ल्याएका सिलप्याक दुग्धजन्य पदार्थलाई भन्सार शुल्क लिएर जाँचपास गरिएको छ ।कृषि मन्त्रालयले पनि स्वदेशमा उत्पादन नहुने तर आवश्यक पर्ने दुग्ध पदार्थ आयात गर्न अनुमति दिँदै आएको जनाएको छ ।  

ddc4.jpg
नेपालमा गैरकानुनी रूपमा दुग्धजन्य पदार्थ भित्रिएको डेरी उद्योग संघका अध्यक्ष राज कुमार दाहालको दाबी छ।त्यस्ता दुग्धजन्य वस्तु भन्सारबाटै आएको संघको आरोप छ ।तर दुग्ध विकास संस्थान(डिडिसी) मै कार्यरतकतिपय कर्मचारीहरुको मिलेमतोमा तथा दुग्ध विकास संस्थान(डिडिसी)मा कार्यरतकथिपय कर्मचारीहरुको आफ्नो नीजि डेरी रहेका कारण पनि दुग्ध विकास संस्थान(डिडिसी)ले पैसा नदिएको वाहना बनाउ र आफ्नो नीजि डेरीमा दुध खरिद बिक्रि गर्ने गरेका समेत पाइएको छ ।संघका अध्यक्ष दाहालका अनुसार नेपालका ठुला होटलमा आयातित दुग्धजन्य पदार्थ प्रयोग भइरहेको छ ।
दुधको उत्पादन बढी खपत कम हुने समयमा बजारको मागभन्दा बढी दुधलाई देशैभर सात वटा पाउडर दुध कारखानाले धुलो दुध र मखन बनाइरहेका छन्।आगामी वर्षको सुक्खा सिजनमा आन्तरिक खपतका लागि चाहिने भन्दा धेरै परिमाणमा अहिले दुग्धजन्य पदार्थको मौज्दात रहेको डेरी संघले जनाएको छ । “एक हजार पाँच सयदेखि दुई हजार र दुई हजार पाँच सय मेट्रिक टन पाउडर मौजदात रहेको छ। करिब दुई लाख लिटरभन्दा बढी दुधको सात वटा कम्पनीले कन्भर्जन गरेका छन्।”संघले जनाएको छ ।
फागुन ११ गते आयात रोक लगाए पनि दुग्ध पदार्थ अवैध रूपमा नेपाल प्रवेश गरी रहेको भन्दै निगरानी गर्नसंघले सरकारसंग आग्रह गरेको छ ।देशभरका छ लाख कृषक परिवार डेरी क्षेत्रमा संलग्न रहेका छन्।पछिल्लो पटक वर्षभरिका आन्तरिक मागलाई आवश्यक पर्ने दुग्धजन्य पदार्थ पनि स्वदेशी उद्योगमै उत्पादन हुँदै आएको छ।आयातमा रोक लगाइए पनि दुग्धजन्य पदार्थ चोरी पैठारी भइ व्यापारिक रुपमा प्रयोग भइरहेको पाइएको छ । 
आयात भएका दुग्धजन्य पदार्थले बजारको ठुलो हिस्सा ओगटेका कारण स्वदेशी वस्तु बिक्री हुन नसकी भुक्तानी चक्रको सन्तुलनमा असर पर्न जाँदा दुध उत्पादक किसान तथा उद्यमीलाई थप मार पर्ने नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्हादद दाहालले बताए ।यस प्रकारका क्रियाकलापलाई नियन्त्रण गर्न आफूले देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह समेत गरेको उनले बताए ।“नेपालमा उत्पादन भएका दुध तथा दुग्धजन्य पदार्थ बिक्री नभइरहँदा आयात भएका वस्तु बजारमा पाउनु राम्रो होइन,हामीले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन लेखेर निगरानी गर्न वर्षदिन पहिला नै आग्रह गरेका थियौँ तर कसैमार्फत पनि सुनुवाइ हुन सकेको छैन् ।”उनले बताए । 
मन्त्रालयले आवश्यकताका आधारमा र स्वदेशमा उत्पादन नहुने दुग्धजन्य पदार्थ आयात गर्न अनुमति दिने गरेको जनाएको छ।विभागले निजी प्रयोजनका दुग्धजन्य पदार्थ ल्याउँदा भन्सार पास दिएको दाबी गरेको छ ।तर नेपाल भारत खुल्ला सिमानाका कारण नेपाली बजारमागुणस्तरहिन भारतिय दुध छयाप्छयाप्ती पाई रहेको छ ।

सम्बन्धित समाचार