Close This

बरहथवा क्षेत्रमा प्रहरीको असुली आतंक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२१ गते   २८९ पटक हेरिएको

सर्लाहीको ईलाका प्रहरी कार्यालय बरहथवा क्षेत्रमा प्रहरीका घुमुवाले असुली आतंक मच्याएका छन् । ईलाका प्रहरी कार्यालय बरहथवाका बरिस्ठ हबल्दार  राम कुमार यादवले बरहथवा क्षेत्रमा असुली आतंक मच्याएका छन् । 
 वरिष्ठ हबल्दार यादवले पहिला पनि घुमुवा रहेर असुली आतंक मच्याएका भन्दै उनलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम तानिएकाे थियाे ।  ईलाका प्रहरी कार्यालय बरहथवामा रहेर घुमुवा आतंक मच्याएका भन्दै प्रदेश प्रहरी कार्यालय जनकपुरधाम तानिएको र सप्तरी पठाईएकाे भए पनि फेरि उनी सर्लाहीको ईलाका प्रहरी कार्यालय बरहथवा नै आएर फेरि घुमुवा बनेर असुली आतंक मच्याएका छन् ।
प्रहरीले अहिले घुमुवा राख्न नपाउने भए पनि सम्बन्धित कार्यालयका प्रमुखहरुले आफुखुसी घुमुवा राखेर फिल्डमा हिडाउने र गैर कानुनी धन्दा चलाउनेसंग कमिसन असुल्ने काम गरि रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech