Close This

शिक्षकहितको १२ औं स्थापना दिवस सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१५ गते   ९३ पटक हेरिएको

शिक्षकहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औं स्थापना दिवस मनाएको छ । कमलामाई नगरपालिका ६ मा रहेको सहकारीले आज(शुक्रबार) आफ्नो १२ औं स्थापना दिवस मनाएको हो ।
आपसी सहयोग,सद्भाव साथै समझदारी, शिक्षक समुदायको हितका लागि सहकारी भन्ने मुल नाराका साथ स्थापना दिवस मनाएको सहकारीले जनाएको छ  । सहकारीका अध्यक्ष कृष्ण हरि घिमिरेको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व जिल्ला अध्यक्ष रामप्रसाद कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाका शिक्षकहरुको आर्थिक विकास तथा समृद्धिको लागि उक्त सहकारी स्थापना गरिएको सहकारीका पुर्व सचिव विजय लामाले बताउनुभयो । उहाँका अनुसार उक्त सहकारीबाट शिक्षक अथवा शिक्षकहरुका परिवारहरुले कुनै व्यवसाय गर्न चाहेमा सहुलियत व्याजदरमा ऋण लिएर व्यवसाय गर्न सकिने छ ।  
कार्यक्रममा सहकारीको आर्थिक प्रतिवेदन लेखा तथा सुपरिवेक्षण खिलदेव श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । उक्त सहकारीमा जिल्लाका ९ सय ८३ जना शिक्षकहरु सदस्य रहनुभएको छ । पुष्पा सुनुवार सिन्धुली

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech