प्रहरी निरीक्षक शर्मा असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित

146 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक असाेज महिनाकाे उत्कृष्ट ट्राफिम प्रहरी घाेषित भएका छन्। कार्यकुशलता,कर्तव्यनिष्ठा,अनुशासन,इमानदारी तथा ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याएको उच्च मूल्याङ्कन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम् प्रहरी निरीक्षक झलक पाैडेल शर्मालाई उत्कृष्ट ट्राफिक प्रहरी घाेषणा गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बाराले जनाएको छ ।

1793373688089.jpg

सवारी दुर्घटना न्यूनीकरण,सडक अनुशासन कायम, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा नागरिकलाई सुरक्षित र सहज यातायात सेवा प्रदान गर्ने कार्यमा प्रहरी निरीक्षक शर्मा टाेलीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको कार्यालयले जनाइएको छ।

1793373691447.jpg

उत्कृष्ट ट्राफिक प्रहरीका रूपमा सम्मानित भएपछि प्रहरी निरीक्षक शर्माले सम्मानले आफू सहित ट्राफिक प्रहरी कर्मचारीहरूमा थप उत्साह, जिम्मेवारी बोध र सेवाभाव अभिवृद्धि गर्ने जिम्मेवारी थपेकाे बताए ।

सम्बन्धित समाचार