Close This

नगरको राहत वितरणमा कांग्रेसको आपती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१४ गते   ३४७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले  सरकारको निर्णय विपरीत सर्वदलिय संयन्त्र नबनाई राहत वितरण गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेस नगर समितिको बैठकले सहमति विपरीत संयन्त्र नै नबनाई राहत बाँडिएको भन्दै आपत्ति जनाएको हो । 
यस्तै बैठकले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुध्न र प्रभावितलाई राहत उपलब्ध गराउन पार्टीको तर्फबाट राहत कोष खडा गर्ने निर्णय भएको लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्यले जानकारी दिनु भयो।
यसैगरी बैठकले नगरका हावाहूरी एवं असिना पानी प्रभावितको तत्काल विवरण संकलन गरेर राहत प्रदान गर्न स्थानीय तथा प्रदेश सरकारसँग माग समेत गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech