त्रियुगा उद्योग बाणिज्य संघ बचाउने काम भएको छ : अध्यक्ष रसाईली

680 Shares

कमलामाई मिडिया प्रा.लि.द्धारा सञ्चालित कमलामाई अनलाईन टि.भी.मा पत्रकार शंखर पहाडी(गौरब)ले त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीसंग समसायमिक विषयमा गरिएको अन्तरवार्ताको सम्पादित अंश :

प्र.त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष भएदेखि हाल सम्म के कस्ता समस्याहरु आए ?
त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्षको अध्यक्ष भएको मेरो कार्यकाल करिब सकिनै लागेको छ।लामो समयदेखि उद्योग बाणिज्य संघमा काम गरेको र उद्योगी,व्यापारी,व्यवसायीहरुको समस्या समाधानका लागि निरन्तर लागि रहेको छु।हामीसंग अहिले मदन भण्डारी राजमार्ग छ,साथै बजार विस्तार समेत भएको छ।तर साना तथा ठूला व्यवसायीहरुलाई राज्यले नीतिगत रुपमा ल्याएको निर्णयले ठूलो असर गरेको छ।उद्योग बाणिज्य संघले व्यवसायीहरुको प्रतिनिधित्व गर्दै गर्दा राज्यका नीतिहरुले केही समस्या सृजना गरि रहेको छ।पछिल्लो समयमा आर्थिक मन्दीले व्यापारी व्यवसायीहरु प्रत्यक्ष मारमा परेका छन् ।
प्र.तपाई त्रियुगा उद्योग बाणिज्य संघको अध्यक्ष भएदेखि नै मुद्धा मामिलामा अल्झिनु परेको कारण के हो ?
त्रियुगा उद्योग बाणिज्य संघको अध्यक्ष म भएदेखि नै मुद्धा मामिला मै छु।संघको लामो समयदेखि साधारण सभा नभएको लगायतका कारण विभिन्न किसिमका मुद्धा मामिलाहरुका कारण मैले सोचे अनुसार काम गर्न सकिन्।लामो समयदेखि साधारण सभा नहुनु,केही व्यापारीहरुले संघलाई आफ्नो पटेकको बनाउन खोजेका कारण सोही विषयहरुलाई लिएर मुद्धा मामिला भएको हो।तत्कालीन अध्यक्षले साधारण सभा नचाहेका कारण संघलाई नै सकाउने षडयन्त्र समेत भएको थियो।तर त्यस कार्यलाई मेरो नेतृत्वको टिमले संघलाई बचाउन लागि परेका कारण जिल्ला प्रशासन कार्यालय र अदालतले समेत आफुहरुको मागलाई सम्बोधन गरी संघलाई न्याय दिएको छ ।
प्र.देशमा आर्थिक मन्दी,कोरोना महामारी र युक्रेन तथा रुसको युद्धको प्रभाव नेपाली बजारमा कतिको परेको छ ?
कोरोना महामारी देखि नै व्यापार व्यवसाय चौपट हुन सुरु गरेको थियो।२०७२ सालको भुकम्पले लामो  समय सम्म थलिएको व्यापार व्यवसायलाई उठाउन लागि परेको समयमा कोरोना महामारी,आर्थिक मन्दी र युक्रेन तथा रुसको युद्धका कारण कतिपय व्यापारीहरुले ज्यान गुमाएका छन्।तथापी पनि नीजि क्षेत्रबाट सबैले दवाव सृजना गरेका कारण व्यवसायीहरु फेरी लाग्न थालेका थिए।तर युक्रेन तथा रुसको युद्धका कारण अन्र्तराष्ट्रिय बजारका कारण नेपाली बजारमा ठूलो प्रभाव पारेको छ।किनकी हामी आयातमा निर्भर रहेका कारण हामीलाई त्यहाँको युद्धले समस्या सृजना गरेको छ ।
प्र.व्यापार विस्तार तथा लगानी प्रर्वद्धन गर्न त्रियुगा उद्योग बाणिज्य संघका चुनौतीहरु केके छन् ?
स्थानीय समाजमा मिश्रीत व्यावसाय रहेका कारण यहाँका चूनौतीहरु समाधानका लागि खासै समस्या छैन् ।स्थानीय तह,प्रशासन र बैकिङ क्षेत्रसंगको समन्वयमा आर्थिक रुपमा व्यवसायलाई अगाडि बढाउन सहज भएको छ ।हाम्रो आर्थिक चूनौतीमा थारै राहत भएको छ ।
प्र.बैकिङ प्रणलीका कारण व्यापारी व्यावसायीहरुलाई समस्या छ की छैन् ?
सबै बैकिङ प्रणाली तथा बैँकहरु खराब छैन्न।तर कतिपय बैँक तथा वित्तिय संस्थाको मन लाग्दीका कारण केही समस्या भएको छ।कतिपय व्यवसायीहरुलाई थाहै नदिई ऋण लिँदाको धितो लिलाम तथा व्याज वृद्धिका कारण केही समस्या भएपनि र्बैँकहरुले सहज रुपमा ऋण प्रवाह गर्दा यहाँका व्यवसायीहरुलाई खासै समस्या छैन् । 
प्र.प्रदेश र संघीय सरकारले निर्माण गर्ने नीति निर्माणका उद्योग बाणिज्य संघको भूमिका के रहँदो रहेछ ?
नीजि क्षेत्रले सबै सरोकारवालाहरुको समन्वयमा काम गर्ने र उद्योग बाणिज्य संघले प्रदेश र संघीय सरकारसंग विभिन्न किसिमका कार्यक्रमहरु र समन्वयहरु भई गरि रहेको छ ।तर संघीय संरचना अनुसारका स्थानीय,प्रदेश र संघीय सरकारबाट व्यवसायीहरुलाई केही समस्या भने भएको छ ।
प्र.स्थानीय,प्रदेश र संघीय सरकारले निर्माण गर्ने कर नीतिका सवालमा त्रियुगा उद्योग बाणिज्य संघको धारणा के छ ?
आगामि आर्थिक वर्षको बजेट आउँदलै गर्दा कतिपय कुराहरु राम्रा कुराहरु आएका छन्।नीजि तथा व्यवसायीक क्षेत्रलाई विस्तार गर्न ल्याएको नीति राम्रो भएपनि बजेट भाषणले सुनचाँदी व्यापारीहरुलाई समस्या सृजना गरेको छ ।सुनचाँदी नगदको रुपमा तथा संस्कार र संस्कृतिसंग जोडिएको सुनचाँदीको क्षेत्रमा राज्यले ल्याएको नीतिले कालिगढहरुका साथै उसको परिवारलाई मार पार्ने खालको नीति आएको छ ।जसका कारण हजारौँको रोजगारी खोसीने र लाखौँको घर चलाउन समस्या हुने देखिन्छ ।
प्र.स्थानीय,प्रदेश र संघीय सरकारले निर्माण गर्ने क्रममा कर असुल्ने नीति मात्रै आएको हो ?
सहज रुपमा व्यवसाय गर्ने वातावरण सरकारले सृजना गरि दिएको छैन्।व्यवसायीहरुबाट उठेको करले ठूलो सहयोग पुर्याएको भएपनि राज्यले अनावश्यक रुपमा करमाथि कर थल्दै गरेका कारण सुनचाँदी तथा अन्य व्यवासायीहरु मारमा परेका छन् ।
प्र.व्यवसायीहरुलाई सहज रुपमा व्यपार व्यावसाय सञ्चालन गर्न राज्यलाई सुझाब के छ ?
केही कार्यालयहरु अनावश्यक रुपमा स्थापना गरिएका छन्।जसका कारण व्यापारी व्यवसायीहरु मारमा परेका छन्।अनलाईन विलहरु र भिसिटिएस लगायतका कारण व्यापारीहरु मारमा परेका छन् ।राज्यका नीतिहरु मान्दै जाँदा कारणवस हुने समस्याहरुमा व्यापारीहरुलाई ठूलो मार परेको छ ।
प्र.व्यवसायीहरुले अण्डर विलिङ गरेर कर छली गर्ने गरेका उद्धाहरणहरु धेरै छन्।जसका कारण राज्य अलि निरिह भएको हो की ?
अण्डर विलिङ साना व्यवसायीहरुले गर्दैन्न।भ्याट विल तथा अनलाईन विलका कारण व्यापार व्यावसाय गरिएको भएपनि कहिले काही सामान्य समस्याका कारण अनलाईन विल नभएपनि प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसनधान कार्यालय पठाउने गरेका कारण साना व्यापारीहरु मारमा परेका छन् ।सामान अनुसारको भ्याट विल भएपनि प्रशासनले दुःख दिने गरेको छ ।
प्र.उद्यमसिल्ता विकास गराउने सवालमा उद्योग बाणिज्य संघको भूमिका केहुन्छ ?
ठूलो भूमिका हुन्छ।संघको पहलमा विभिन्न समयमा यस प्रकारका गतिविधिहरु भई रहेका छन् ।एउटा परिवारमा एउटा मानिस उद्यमी भयो भने उसको परिवार चलाउन सकिन्छ ।र व्यापार विस्तार समेत हुन्छ ।
प्र.उदयपुर सिमेन्ट उद्योग धारासायी हुनुको कारण के हो ?
उदयपुरको गौरबको उद्योग उदयपुर सिमेन्ट उद्योग राज्यको कमजोरीका कारण धारासायी बनेको हो।राज्यले उद्योगहरुमाथि राजनीति गरेका कारण सरकारी स्वामित्वमा रहेका उद्योगहरु दिनप्रतिदिन धारासायी बन्दै गएका हुन।उद्योगलाई व्यवस्थापन गर्नु भन्दा कार्यकर्ताहरुलाई नियुक्त गरिनु उद्योग धारासायी हुनु हो।करिब तीन हजार पाँच सय जनाले उदयपुर सिमेन्ट उद्योग बन्द हुँदा रोजगारी गुमाएका छन्।उनीहरुको परिवार चलाउन समस्या भएको छ। राज्यले नीजि क्षेत्रसंगको साझेदारीमा यस प्रकारका उद्योगहरु सञ्चालन गर्नु आवश्यक छ ।राज्यले वेवास्था गरेका कारण उदयपुर सिमेन्ट उद्योग धारासायी भएको हो ।
यसका साथै,उदयपुरमा सिमेन्ट उद्योगहरुका साथै पर्यटकीय हिसाबले धेरै ठाउँहरु छन्। रौता पोखरी,उदयपुरगढी,चौदण्डीगढी र ताप्ली लगायका पर्यटकिय क्षेत्रहरुको विकास र विस्तारमा प्रचार प्रसार आवश्यक छ।यहाँको व्यापार व्यावसायलाई विस्तार गर्न पर्यटकिय क्षेत्रहरुको विकास र विस्तारमा राज्यले ध्यान दिन जरुरी छ ।
प्र.उदयपुरका रौता पोखरी, उदयपुरगढी, चौदण्डीगढी र ताप्ली लगायका पर्यटकिय क्षेत्रहरुको विकास र विस्तारका लागि स्थानीय सरकारलाई त्रियुगा उद्योग बाणिज्य संघले केकेमा सहयोग पुर्याएको छ ?
पर्यटकिय क्षेत्रहरुको पहिचान गरेर पुर्वाधार विकास गर्नु पर्ने र स्थानीय सरकारले मात्रै सो क्षेत्रको पुर्वाधार विकासमा काम गर्न नसक्ने भएकाले माथिल्लो निकायहरुले यस तर्फ ध्यान दिन जरुरी छ।पुर्वाधार विकास भयो भने पर्यटकिय क्षेत्रहरुको विकास र विस्तारका साथै प्रचार प्रसार गर्न सकिन्छ तर स्थानीय सरकारले चाहेर पनि पुर्वाधार विकासमा काम गर्न सक्ने अवस्था छैन्।तथापी पनि स्थानीय सरकारको पहल भई रहेको छ।हामीसंग स्थानीय सरकारले समन्वय भई रहेको छ।पर्यटकिय क्षेत्रहरुको विकास हुनु भनेको उदयपुरको व्यापार व्यवसायमा वृद्धि हुनु हो ।
प्र.समय समयमा लाग्ने मेला महोत्सवहरुबाट स्थानीय व्यापारी व्यवसायीहरुलाई फाईदा केके हुँन्छ ?
सबै खालका व्यापार व्यवसायहरु सञ्चालनमा रहेका कारण प्राय फाईदा नै हुन्छ।मानिसहरुको चहल पहल हुने भएकाले केही हदसम्म फाईदा नै हुन्छ।मेला महोत्सवहरुका कारण स्थानीय उत्पादन तथा स्थानीय वस्तुहरुले बजार पाउने तथा पहिचान बनाउने कुरा एउटा पाटो छ भने अर्काे पाटो विभिन्न किसिमका सामाजिक सांस्कृतिक कुराहरुमा केही समस्याहरु देखिन्छ ।मेला महोत्सवले आर्थिक क्षेत्रलाई मात्रै प्राथमिकता नदिई सामाजिक सास्कृतिक कुराहरुलाई समेत प्राथमिता दिएका कारण गलत क्षेत्रमा लागेका युवा वर्गलाई सकारात्मक बाटोमा ल्याउन सकिन्छ ।
प्र.मेला महोत्सवहरुले विकृति फैलाएको छ की छैन् ?
केही हद सम्म विकृति विसंगती फैलिएको छ।सामाजिक हिसाबले मेला महोत्सवमा आउने बाहनामा युवा युवतीहरु गलत काममा लाग्ने गरेका गुनासाहरु पनि आउने गरेका छन्।तथापी पनि सामान्य गुनासाहरुलाई लिएर मेला महोत्सवहरु नै आयोजना गर्नु हुन्न भन्ने होईन् ।
प्र.मारुती तथा सौर्य सिमेन्टले कच्चा पदार्थ लैजाँदा सो क्षेत्रमा परेको असर के छ ?
उद्योगहरुले कच्चा पदार्थ निकाल्दा गाउँघरलाई असर पुर्याउँछ।कच्चा पदार्थ ढुवानी गर्ने सवारी साधनहरुका कारण स्थानीयमा त्रास समेत छ।प्रदुषण फैलिन्छ।स्थानीयले उद्योग बाणिज्य संघसंग खासै गुनासो नगरेका र उद्योगले उत्खन्न स्थललाई व्यवस्थापन गरेको हुन्छ ।
प्र.तपाईको तीन वर्षे कार्यकालको अनुभव सुनाउने अवसर मिलेको छ ।तपाईको नेतृत्वले गरेको गतिविधिहरु र तपाईका अनुभवहरु केके छन् ?
मेरो नेतृत्वको संघले यहाँका व्यापारी व्यवसायीहरुलाई सहजता प्रदान गर्न तर्फ नै लागि परियो।हामीले दुई लाम सम्मको दुर्घटना बीमा,व्यापार व्यावसाय नविकरण,स्थानीय प्रशासनका साथै सरोकारवाला निकायहरुसंग समन्वय गरियो।व्यवसायीहरुलाई सहजता प्रदान गर्ने काम गर्नुका साथै त्रियुगा उद्योग बाणिज्य संघलाई बचाउने महत्वपुर्ण काम भएको छ।त्रियुगा उद्योग बाणिज्य संघलाई स्थानीय तथा प्रदेश र संघीय सरकारसंग पहिचान गराउने काम भएको छ । 

सम्बन्धित समाचार