मधेश प्रहरीलाई“सर्जिकल अभियान”सुरु गरेका डिआईजी थपलियाको आठ महिनामा सरुवा

98 Shares

प्रहरी संगठन भित्र वर्षौंदेखि जरा गाडेर बसेका विकृति हटाउन सुधार अभियान थालेका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रमुख एवम प्रहरी नायब महानिरीक्षक (डिआईजी) गोबिन्द थपलियाको आठ महिनामा सरुवा भएको छ।मधेश प्रदेश प्रहरी भित्र सुशासन, अनुशासन,सेवा प्रवाह र आन्तरिक शुद्धीकरणलाई प्राथमिकतामा राख्दै मधेश प्रदेश प्रहरी भित्र व्यापक सुधारको थालनी सुरु गरेपछि उनलाई आठ महिना मै सरुवा गरिएको छ ।
भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलन पछि मधेश प्रदेश प्रहरी प्रमुख भएर आएका प्रहरी नायब महानिरीक्षक (डिआईजी) थपलियाले विवादित बन्दै आएको “घुमुवा प्रहरी” प्रणाली माथि कडाइ सुरु गरेका थिए। पटक–पटक काज तथा सरुवा भएर पनि मधेशमा बसेका,एक वर्षभन्दा बढी समयदेखि एउटै क्षेत्रमा कार्यरत तथा विभिन्न विवादमा तानिएका प्रहरी कर्मचारीमाथि काजजी डण्डा चलाउन थालेका प्रहरी नायब महानिरीक्षक(डिआईजी) थपलियाले आवश्यक छानविन गरी प्रहरी जवानदेखि प्रहरी उपरीक्षकसम्मका करिब दुई सय ५० जनालाई अन्य जिल्ला तथा प्रदेशबाहिर पठाउने प्रक्रिया अघि बढाएपछि उनका विरुद्ध तीनै प्रहरी कर्मचारीहरु लागि परेपछि उनको आठै महिनामा सरुवा भएको प्रहरी स्रोतका दाबी छ ।
घुमुवा प्रहरी व्यवस्थालाई संगठनभित्रको “कच मचिएको पिलो जस्तो घाउ”को संज्ञा दिँदै त्यसको उपचार आवश्यक भएको भन्दै त्यसलाई सुधार गर्न थालेपछि असन्तुष्टि र प्रतिक्रिया आउनु स्वाभाविक भए पनि सत्य र तथ्यका आधारमा समाजले मूल्यांकन गर्ने प्रहरी नायब महानिरीक्षक (डिआईजी) थपलियाले बताउने गरेका थिए ।
उनको नेतृत्वमा प्रहरी संगठनभित्र सक्रिय बिचौलिया प्रवृत्तिमाथि समेत निगरानी बढाइएको थियो।प्रहरी कार्यालयका विभिन्न शाखामा हुने भनिएका अनियमितता नियन्त्रण,सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने,पीडित,निम्नवर्गीय तथा विपन्न समुदायका नागरिकलाई न्यायमा सहज पहुँच दिलाउने विषयलाई उनले विशेष प्राथमिकतामा राखेका थिए।मधेश प्रदेशमा लामो समयदेखि प्रभाव जमाएर बसेका केही स्वार्थ समूह तथा आर्थिक लाभसँग जोडिएका गिरोह सुधार अभियानबाट असन्तुष्ट बनेपछि प्रहरी नायब महानिरीक्षक (डिआईजी) थपलियाको आठै महिनामा सरुवा भएको प्रहरी स्रोतको दाबी छ ।
केही समूहले विभिन्न माध्यमबाट प्रहरी नायब महानिरीक्षक (डिआईजी) थपलिया विरुद्ध प्रचार बाजी र विवाद सिर्जना गर्ने प्रयास गरे पनि उनले अभियानलाई निरन्तरता दिएका थिए।“नबिराउनु,नडराउनु”भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्दै उनले प्रहरी संगठनभित्र अनुशासन र जवाफदेहिताको संस्कृति स्थापित गर्न प्रयास गरेको थिए।प्रहरी प्रशासनलाई नागरिक मैत्री, उत्तरदायी र विश्वासिलो बनाउने लक्ष्यसहित उनले आन्तरिक शुद्धीकरणलाई निरन्तरता दिएका थिए।
आफ्नो कार्यकालको अवधि भन्दा पनि त्यस अवधिमा नागरिकको अपेक्षा अनुसार सेवा प्रवाहमा कति सुधार ल्याउन सकियो भन्ने विषयलाई महत्व दिएको प्रहरी नायब महानिरीक्षक (डिआईजी) थपलियाले बताए।उनका अनुसार मधेश प्रदेश प्रहरीमा सुरु गरिएको सुधार अभियान केवल सुरुआत मात्र हो र दीर्घकालीन परिवर्तनका लागि अझै धेरै काम गर्न बाँकी छ।
प्रहरी नायब महानिरीक्षक (डिआईजी) थपलियाले थालेको घुमुवा प्रहरी नियन्त्रण,बिचौलिया प्रवृत्ति माथिको अंकुश,आन्तरिक शुद्धीकरण र सुशासनको अभियानलाई आगामी नेतृत्वले निरन्तरता दिन सके मधेश प्रदेश प्रहरी प्रशासन थप पारदर्शी,जवाफदेही र प्रभावकारी बन्ने पूर्व प्रहरी कर्मचारीहरु बताउँछन् ।
आठ महिनाको छोटो अवधिमा उनले सुरु गरेको सुधार अभियानले प्रहरी संगठनभित्र मात्र नभई सर्वसाधारण नागरिक माझ पनि सकारात्मक सन्देश दिएको छ।यही कारण धेरैले उनको कार्यकाललाई मधेश प्रदेश प्रहरीको इतिहासमा सुधार र सुशासनको नयाँ अध्यायका रूपमा व्याख्या गर्न थालेका छन्।प्रहरी प्रमुख दान बहादुर कार्कीका व्याजी तथा उनल विश्वास गरेका प्रहरी नायब महानिरीक्षक (डिआईजी) थपलियाले आफु आठै महिनामा सरुवा भई गएको भएपनि विगत लामो समयदेखि मधेशमा जरो गाडेर बसेका प्रहरी संगठनका कलंकहरुलाई डाँडो कटाएका छन् ।

सम्बन्धित समाचार