Close This

नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ ,१२ जना उपचारपछि घरफर्किए

पत्र पत्रिका    प्रकाशित: २०७७-१-१३ गते   ६३९ पटक हेरिएको

नेपालमा कोरोना भाइरस (काेभिड १९) बाट सङ्क्रमित ४९ जनामध्ये १२ जना उपचारपछि निको भएका छन् ।  शनिबार थप एक जना उपचारपछि निको भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत भरतपुरमा उपचार गराइरहेका २७ वर्षीय युवकको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको जनाएको छ ।  सङ्क्रमित ४९ जनामध्ये १२ जना निको भएका हुन् भने ३७ जनाकाे उपचार भइरहेकाे छ । विराटनगरमा ३०, वीरगञ्जमा पाँच, धनगढीमा एक र भरतपुरमा एक गरी ३७ जनाको उपचार भइरहेको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।नेपालमा अहिलेसम्म कोरोनाको आशङ्कामा ९ हजार ६ सय ६६ जनाको पीसीआर विधिमार्फत परीक्षण भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech