सर्लाहीका यातायात व्यावसायीहरुलाई गालिगलाैज,कुटपिट गर्ने र दुर्ववहार गर्ने २ जना यातायात व्यावसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाकाे मलंगवा नगरपालिका ९ स्थित पुरानाे बसपार्कमा चक्का जाम गरि दादागिरी शैलिमा साना यातायात व्यावसायीहरुलाई अनावश्यक दु:ख दिने तथा अरु यातायात व्यावसायीहरुलाई गालि,बेईजेती तथा कुटपिट गर्ने र दुर्ववहार गर्ने मलंगवा नगरपालिका ९ का अन्दाजी वर्ष ५२ का दिपलाल महताे र मलंगवा नगरपालिका १० का अन्दाजी वर्ष ५० का विनाेद अधिकारी(यादव)लाई पुरानाे बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनीहरुले शान्ति सद्भावमा खलल पेर्याउने गरि दादागिरी शैलिमा अनावश्यक चक्का जाम गर्ने तथा सार्वजनिक स्थानमा अरु यातायात व्यवसायीहरुलाई गालि बेईजेती,दुर्ववहार र कुटपिट गर्ने कार्यमा संग्लगन रहेका कारण उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
महताेले केही महिना पहिला एउटा यात्रुबाहक बसका चालक सहचालकलाई समेत सार्वजनिक स्थलमा हातपात र गालिगलाैज गरेका थिए । उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।