स्कुल बसबाट खसेर १३ वर्षिय फैजानको मृत्यु

251 Shares

सर्लाहीको बरहथवा नगरपालिका  ८ स्थित टाँडीमा गुडिरहेको स्कुल बसको ढोकाबाट खसेर एक बालकको ज्यान गएको छ।बरहथवा नगरपालिका ८ टाँडीस्थित भित्री सडक खण्डमा कायाकल्प एकेडेमीको ग.१ ख. ९५६८ नम्बरको बसको ढोका खसेर धनकौल गाउँपालिका ३ हरकठ्वाका निसार शेखका अन्दाजी १३ वर्षिय छोरा फैजान शेखको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको उक्त बसको ढोकामा उभिरहेका वेला कायाकल्प एकेडेमीको कक्षा ३ मा अध्यायनरत फैजान अचानक खसेका थिए।दुर्घटनामा गम्भीर घाइते भएका फैजानलाई तत्कालै बरहथवास्थित संकटमोचन अस्पतालमा प्राथमिक उपचारका लागि लगिएको थियो।उनको अवस्था जटिल भएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पठाइएको र त्यहाँ उपचारकै क्रममा चिकित्सक फैजानलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनाको जानकारी पाउना साथ घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईको टोलीले दुर्घटनामा संग्लग्न बस र चालक बागमती नगरपालिका १० निवासी २१ वर्षीय राज कुमार यादवलाई नियन्त्रणमा लिएको छ । 
चालक र बसलाई इलाका प्रहरी कार्यालय बरहथवामा राखी घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।सर्लाहीका अधिकांश संस्थागत(निजी) विद्यालयहरुले सञ्चालन गरेका स्कुल बसहरुमा सिट क्षमता भन्दा बढी छात्रछात्राहरु राखेर असुरक्षित तरिकाले दौडाउँदा पनि सरोकारवाला निकाय मौन बसेका कारण यस प्रकारका घटनाहरु बढेका स्थानीय जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार