गोलन्जोर–३ ग्वाल्टारको पालिका अस्पतालमा शव परीक्षण सेवा सुरु

448 Shares

सिन्धुलीको मध्य पहाडी राजमार्गमा पर्ने गोलन्जोर गाउँपालिकाको पालिका अस्पाल ग्वाल्टारले पोष्ट माटम सेवा सुरु गरेको छ।गोलन्जोर गाउँपालिका–३ ग्वाल्टार स्थित रहेको पालिका अस्पतालले शव परीक्षण(पोष्ट माटम) सेवा सुरु गरेको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक विरेन्द्र साहले जानकारी दिए । उनका अनुसार गाउँपालिका कै शव परिक्षण(पोष्ट माटम) सेवा सुरु भएपछि शव बोकेर सदरमुकाम सिन्धुलीमाढी सहित रामेछापको मन्थली वा काभ्रेको धुलिखेल पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
आत्महत्या,दुर्घटना,विपद् तथा शंकास्पद अवस्थामा मृत्यु भएका व्यक्तिको शव परीक्षण(पोष्ट माटम)सेवा पालिका अस्पतालबाटै सुरु भएपछि गोलन्जोर सहित फिक्कल र सुनकोसी गाउँपालिकाका स्थानीय बासिन्दाले आफ्नो क्षेत्रभन्दा टाढाका अस्पतालसम्म पुग्नुपर्ने अवस्था अन्तय भएको गाउँपालिका उपाअध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले बताए । उनका अनुसार गाउँमै सेवा उपलब्ध भएपछि शव परीक्षणका लागि अन्यत्र जानुपर्ने समस्या हट्नको छ ।
नयाँ सेवाबाट विशेषगरी गोलन्जोर,फिक्कल र सुनकोशी गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताए ।उनका अनुसार रामेछाप र ओखलढुंगाका सिन्धुलीसँग सीमा जोडिएका क्षेत्रका बासिन्दालाई समेत यसले सुविधा पुग्ने छ। शव परीक्षणका लागि टाढा पुग्नुपर्ने ती क्षेत्रका नागरिकको समस्यालाई सम्बोधन गर्न सेवा सञ्चालन गरिएको उनको भनाइ छ ।
यसअघि सुनकोशी नदीले बगाएर ल्याएका बेवारिसे शव तथा हत्या,आत्महत्या र दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव परीक्षणका लागि सिन्धुली सदरमुकाम लैजानुपर्ने बाध्यता थियो । स्थानीय स्तरमा सेवा नहुँदा शव बोकेर लामो दूरी तय गर्नुपर्ने र त्यसबाट आर्थिक तथा सामाजिक दुवै समस्या झेल्नुपरेको स्थानीयले बताएका छन् ।शव परिक्षण“पोष्टमार्टम”कै लागि यहाँका नागरिकले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए । कतिपय घटनामा सरसापट गरेर भए पनि शव सिन्धुली पु¥याएर पोस्टमार्टम गर्नुपर्ने अवस्था थियो।अब गाउँमै पोष्टमार्टम हुने भएपछि शव बोकेर सिन्धुलीलगायत अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ।”गोलन्जोरका स्थानीयले बताए ।
सिन्धुलीको महाभारत उत्तर क्षेत्रका नागरिकले भोग्दै आएको यही समस्यालाई मध्यनजर गर्दै ग्वाल्टारमा शव परीक्षण सेवा सञ्चालनका लागि पहल गरेको गाउँपालिकाले जनाएको छ ।शव परीक्षण गराउन सदरमुकाम वा अन्य स्थानमा जानुपर्ने अवस्थाले स्थानीय नागरिकलाई परेको कठिनाइलाई सम्बोधन भएको छ ।ग्वाल्टारमा सेवा सुरु भएसँगै शव परीक्षणका लागि सिन्धुलीमाढी,मन्थली वा धुलिखेलसम्म शव पु¥याउनुपर्ने अवस्थाको विकल्प स्थानीय अस्पतालमै उपलब्ध भएको छ।यसलाई वर्षौंदेखि नागरिकले भोग्दै आएको सास्ती घटाउने सेवाका रूपमा लिनुपर्ने गाउँपालिकाले जनाएको छ ।
गोलन्जोर आधारभूत अस्पतालबाट सुरु भएको यो सेवाले गोलन्जोरसँगै आसपासका गाउँपालिका र छिमेकी जिल्लाका सीमावर्ती क्षेत्रलाई समेत समेट्ने गाउँपालिकाले जनाएको छ ।यससँगै आत्महत्या,दुर्घटना, विपद्,हत्या वा शंकास्पद मृत्यु तथा नदीले बगाएर ल्याएका बेवारिसे शवको परीक्षणका लागि टाढाका अस्पतालमा निर्भर हुनुपर्ने स्थानीय बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार