भूमि आयोगको मधेश प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रम

408 Shares

भुमी समस्या समाधान आयोगको मधेश प्रदेसस्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आयोगकी केन्द्रीय सदस्य मधेश प्रदेस संयोजक आरती भण्डारीको अध्यक्ष्यता एवम आयोगका केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजालको प्रमुख आतिथ्यममा भुमी समस्या समाधान आयोगको आयोजनामा महोत्तरीको बर्दिवासमा भएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको भुमी समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष मदन वि.कले जानकारी दिए ।
उनका अनुसार अन्तरक्रिया कार्यक्रममा भूमिसम्बन्धी वर्तमान समस्याहरुको पहिचान,आयोगको नीति नीयमअनुसार तत्काल गर्ने सक्ने कामहरुको प्राथमिकिकरण,भूमि सम्बन्धी अध्यादेशका विषयमा बजारमा चलेको हल्ला र वास्तविकता,भूमिहिन दलित,सुकुम्बासीहरु र अव्यवस्थित बसोबासीहरुको  व्यावस्थापनका सवालहरु,आयोगले गर्ने कामहरु तीन वर्ष भित्रमा सकाउने प्रयास गर्ने लगायतका विषयहरुमा छलफल भएको छ ।
अन्तरक्रिया कार्यक्रममा आयोगका विज्ञ सदस्य डा.जगत बस्नेत,सदस्य अनिल कृष्ण प्रसाईं सहित प्रमुख नापी अधिकृत संजिव साह,उप सचिव गोकुल ढुङ्गेल सहित मधेस प्रदेशका जिल्ला समितिका अध्यक्षहरु,भूमि सम्बन्धी विज्ञ सदस्यहरु,नापी तथा मालपोत कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार