सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह घरमा बसेर नगरपालिकाको काम काज गरेका छन्।विभिन्न वाहना बनाउँदै प्रमुख प्रशासकीय अधिकृत साहले रौतहटको चपुरमा आफ्नो घरमा बसेर नगरपालिका चलाउने गरेका भएपनि सरोकारवाला निकाय बेखबर देखिएको छ।लामो समय मालपोत कार्यालयहरुमा बसेर अकुत सम्पती आर्जन गरेका उप सचिव साह केही महिना पहिला हरिपुर्वा नगरपालिकाको प्रमुख प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका भएपनि नगर प्रमुख विनोद कुमार साह तेलीको निर्देशन विपरित नचल्दा अन्य जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएपछि सुरक्षाको वाहना बनाएर उनी हरिपुर्वा आएको केही दिनदेखि नै नगरपालिका कार्यलय आफ्नै घरमा राखेर चलाउँदै आएका साहलाई फोन गर्दा समेत फोन नउठाउने गर्दा धेरै समस्या भएको हरिपुर्वाका जनप्रतिनिधिहरुले गुनासो गरेका छन् ।
नगर प्रमुख साह भएकाले हरिपुर्वामा साह वाहेक अन्य उप सचिव प्रमुख प्रशासकीय अधिकृत आउँदा नगर प्रमुखले विभिन्न वाहना बनाएर काम गर्न नदिने र साह आउँदा अन्य जनप्रतिनिधिहरुको कुरा नसुनेर नगर प्रमुख साहको निर्देशन विपरित काम नगर्दा हरिपुर्वा नगरपालिकाको विकास निर्माण लगायतका कामले समेत गतिलिन नसेकेको जनप्रतिनिधिहरुको गुनासो छ ।