Close This

सामुदायिक विद्यालयहरु अंग्रेजी माध्यमको नाममा मनपरी शुल्क असुल्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२३ गते   १५४ पटक हेरिएको

सरकारले शिक्षाको पहुँच सबैमा पुगोस भन्ने उद्धेश्यका साथ सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही छ ।
तर सर्लाहीका सामुदायिक विद्यालयहरु अंग्रेस माध्यामको नाममा चर्काे शुल्क असुल्न व्यस्त रहेका छन् । लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी बजारमा रहेको श्री जानकी मावि भने विद्यार्थीहरुबाट चर्काे शुल्क उठाउन व्यस्त रहेको छ । विद्यालयले नेपाली माध्यममा पढ्ने विद्यार्थीहरुलाई निःशुल्क अध्यापन गराएको भएपनि अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरु निजी विद्यालयहरुमा भन्दा चर्काे सुल्क तिर्न बाध्य भएका छन् ।
 मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क र सहयोग सुल्क गरि ५÷६ किसिमका शुल्क आफुहरुले तिर्नु परेको एक अभिभावकले बताउनु भयो । एउटै विद्यालयमा दुई थरिको शिक्षाले सार्वजनिक विद्यालयभित्र पनि धनी र गरीबको वर्गीकरण भएको स्थानीय अभिभावकहरुको भनाइ छ । एउटै भवनभित्र दुई किसिमको पठनपाठन र शिक्षा नियमावलीको खिल्ली उडाउँदै मासिक शुल्क सहितको विद्यालय संचालन हुँदासमेत सम्बन्धित निकायले बेवास्था गरेको स्थानीय अभिभावकहरुको आरोप छ ।
विद्यालयले नयाँ भर्ना हुन गएका विद्यार्थीहरुबाट यस शैक्षिक सत्रमा प्रवेश शुल्क रु १ हजार,सरसफाई शुल्क रु ५ सय,टाईबेल्ड शुल्क रु २ सय र विविध शुल्क रु ३ हजार ५ सय गरि कुल रु ५ हजार २ सय रकम विद्यालयले उठाएको छ । कक्षा ६ मा नयाँ भर्ना भएका विद्यार्थीबाट एकमुष्ठ रु ५ हजार २ सय रुपैयाँ लिएको विद्यालयले कक्षा अनुसार फरक फरक शुल्क निर्धारण गरेको छ ।सरकारले सामुदायिक विद्यालयमा बालबालिकाको पहुँच वृद्धि गर्दै शिक्षा क्षेत्रको सुधार गर्दै निशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा क्षेत्रको विकासका लागि बर्षेनि अर्बौ बजेट पनि खर्च गरेको छ ।
राज्यले रहेक सेवा सुविधा दिँदा दिँदै पनि सामुदायिक विद्यालयले विद्यार्थीबाट कुनै पनि बहनामा शुल्क उठाए स्वतः कानुन विपरित हुने सबैमा अवगत नै छ । नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्गत ४७ वटा मौलिक हकको व्यवस्था गरिएको छ । जसको मौलिक हक अन्तर्गत बुँदा नं. ३१ मा निःशुल्क शिक्षाको व्यवस्था भएको उल्लेख छ । बुँदा ३१ को (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा पनि निःशुल्क पाउने व्यवस्था गरेको छ ।
सर्वोच्च अदालतले २०७४ माघ ३ गते गरेको फैसला अनुसार सामुदायिक विद्यालयले कुनै पनि प्रकारको शुल्क लिन पाउँदैनन् । तर जिल्लाका अधिंकाश सामुदायिक विद्यालयले विभिन्न बहनामा मनपरी शुल्क लिने गरेका पाइएको छ ।
विद्यार्थी संगठनको विरोध,
समुदायमा रहेका सार्वजनिक विद्यालयहरुले शिक्षा नियमावलीको विरुद्ध विद्यार्थीबाट शुल्क उठाएका भन्दै विभिन्न दल निटकका विद्यार्थी सँगठनहरुले विरोध  समेत गरेका छन् । ‘जानकी माध्यमिक विद्यालयले अंग्रेजी माध्यमको बहानामा सरकारी विद्यालयभित्रै अर्को एक विद्यालय खडा गरेर विद्यार्थीहरुबाट शुल्क उठाएको भेट्टएिको छ,’ अनेरास्वयू(क्रान्तीकारी) सर्लाहीका सह सचिव तेज तामांङले बताउनु भयो । ‘यसरी नीयम विपरीत सामुदायिक विद्यालयहरुले शुल्क उठाउँदा समेत सम्बन्धित निकाय मौन बसेको उहाँको आरोप छ । सरकारले भनेको अनिवार्य निःशुल्क शिक्षाको जानकी विद्यालयले खिल्ली उडाएको छ ।’विद्यार्थी संगठनहरुले यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाउने तयारी समेत गरेको जनाएका छन् ।
शिक्षकलाई तलब खुवाउन शुल्क लिएका हौँ ः प्राधानाध्यापक गौतम,
विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुदा आफूहरु समस्यामा परेको जानकी माध्यमिक विद्यालयका प्राधानाध्यापक तुलसा गौतमले बताउनु भयो । विद्यार्थी सँख्या अत्याधिक भएको र शिक्षक दरबन्दी कम भएपछि विद्यालयले आफ्नै श्रोतमा अंगे्रजी माध्यमको कक्षा संचालन गरेको र न्युनमत शुल्क तोकिएको प्रधानाध्यापक गौतमले बताउनु भयो । अंग्रेजी माध्यममा पठापाठन गराउने शिक्षकहरुको तलबसमेत न्यून रहेको उहाँको भनाई छ । विद्यालयले अभिभावकहरुको सहमति अनुसार नै शुल्क लिएको बताइ रहँदा लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष कृष्ण गोपाल कार्कीले जानकी माविमा निःशुल्क अंग्रेजी माध्याममा पठन पाठन गर्ने चुनावी प्रतिबद्धता जनाउनु भएको थियो ।
जानकी मावि एक प्रतिनिधि पात्र मात्र हो जिल्लाका हरेक सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यामको नाममा मनपरी शुल्क असुली रहेका छन् । जिल्लाको हरिवन, लालबन्दी , ईश्वरपुर, सहित जिल्लाका सबै स्थानिय निकायमा रहेका सामुदायिक विद्यालय जसले अंग्रेजी माध्याम सञलन गरेका छन् उनिहरुले चर्काे शुल्क असुलेका स्थानिय अभिभावकहरुको गुनासो छ । जिल्लाको लालबन्दी नगरपालिका ९ मा रहेको जनज्योती मावि,लालबन्दी २ मा रहेको  नवजिवन वृद्धा आश्रम, ईश्वरपुरमा रहेको नारायण मावि लगायतका सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्याममा पढाउने बहनामा चर्काे शुल्क असुली रहेका अभिभावकहरुको भनाई छ ।
दरबन्दी अनुसारको शिक्षक नेपाल सरकारले नपठाएको र विद्यार्थीहरुलाई आफुहरुले गुणस्तरिय शिक्षा प्रदान गर्न शुल्क लिइरहेको नव जिवन वृद्धाआश्रमका प्रधानाध्यापक भोला बहादुर अधिकारीले बताउनु भयो । उहाँका अनुसार सो विद्यालयमा अहिले निजि विद्यालय भन्दा राम्रो गुणस्तरिय शिक्षा प्रदान भई रहेको छ । हाम्रो विद्यालयलाई शिक्षक शुन्य, अनुदान रकम शुन्य यहाँसम्म कि कार्यालय सहयोगी पनि शुन्य भएको अवस्थामा राम्रो शिक्षा दिन शुल्क लिइरहेको प्रधानाध्यापक अधिकारीले बताउनु भयो ।
त्यस्तै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यामको नाममा चर्काे रकम असुली रहेको समयमा फौदसिंह मावि रानिगंजले र गोडैता नगरपालिकामा रहेको बेनी भोला मा.वि.मा निशुल्क शिक्षा प्रदान भइरहेका छन । अंगे्रजी पढाउने बाहनामा शुल्क लिने विद्यालयहरुलाई कार्वाही गरिने र दरबन्दी अनुसारको शिक्षक पठाउन पनि पहल गर्ने शिक्षा विकास तथा समन्व ईकाइ सर्लाहीका निमित्त प्रमुख सुनिल कुशवाहाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech