पेट्रोलको मूल्य प्रतिलिटर ११ र डिजेलको मूल्य ५ रुपैयाँले घट्यो

गणेश खड्का    प्रकाशित: २०८०-६-२८ गते   २४१ पटक हेरिएको


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर रु ११ र डिजेलको मूल्य लिटरमा रु ५ घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम  पदार्थको मुल्य घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १७३ र डिजेलको प्रतिलिटर मूल्य रु १६८ पर्नेछ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech