जिल्ला वन पैदावार आपूर्ति समिति सर्लाहीको अध्यक्षमा नेपाली कांग्रेसकी नेतृ सोनी कुमारी बम्जन नियुक्त भएकी छन्।मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीको सचिवालयबाट प्रदेश वन ऐन,२०७७ को दफा ९४ बमोजिम बम्जनलाई जिल्ला वन पैदावार आपूर्ति समिति सर्लाहीको अध्यक्षमा नियुक्त गरिएको हो ।
जुन पार्टी निकटका मन्त्री नियुक्त हुन्छन् त्यही पार्टीबाट समितिका पदाधिकारीहरु नियुक्त गर्ने प्रावधान अनुसार बम्जनलाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो भने सदस्यहरुमा गजेन्द्र साह र वनिता कार्की नियुक्त भएका मन्त्रालयका वन अधिकृत राम युगल साहले जानकारी दिए ।
जिल्ला वन पैदावार आपूर्ति समितिमा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत सदस्य सचिव रहने र अध्यक्ष सहित तीन जना सदस्य रहने व्यवस्था छ।सोही अुनसार अध्यक्ष सहित तीन जना वन तथा वातावरण मन्त्रालयले नियुक्त गरेको हो ।