Close This

युवा समाजसेवी आर्चाय र रायमाझिद्धारा क्वारेन्टाईनलाई खाद्यान्न सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-३१ गते   ४६१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेका उष्णप्रदेशीय बागवानी केन्द्रमा बनाइएको अस्थायी क्वारेण्टाईनमा रहेकाहरुलाई खाद्यान्न सामाग्री प्रदान गरिएको छ । युवा समाजसेवी मनोज आचार्य र अर्जुन रायमाझीले क्वारेण्टाईनमा रहेका २४ जनाका लागि चामल, दाल, नून, तेल, आलु, प्याज लगायतका खाद्यान्न सामाग्री सहयोग गर्नु भएको हो ।

खाद्यन्न अभावका कारण क्वारेण्टाईनमा रहेकाहरु भोक भोकै वस्न नपरोस भनेर आफुहरुले उनीहरुको लागि खाद्यन्न सामाग्री उपलब्ध गराएको समाजसेवी आचार्य र रायमाझीले बताउनु भयो । समाजसेवाको कुनै भूगोल नहुने भन्दै समाजसेवा गर्न चाहनेले जहाँ पुगेर पनि समाजसेवा गर्न सक्ने भन्दै लालबन्दी नगरपालिका १ मा रहेको क्वारेन्टाईनलाई आचार्य र रायमाझिले खाद्यान्न सहयोग गर्नु भएको हो ।
समाजसेवीद्धय आचार्य र रायमाझिले यस अघि पनि कोरोनाको जोखिमबाट बचाउन जिल्लाका विभिन्न स्थानिय निकायहरुमा पुगी स्वास्थ्य सामाग्रीहरु वितरण गर्नु भएको थियो । खाद्यान्न प्रदान कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी, जिल्ला प्रहरी कार्यलय सर्लाही प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक विश्वमणी पोखरेल, सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech