तीन वुँदे सहमती कार्यान्वयन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

3.1k Shares

नेत्र विक्रम चन्द(विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल सर्लाहीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । प्रतिबन्धीत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लाई प्रतिबन्ध फुकुवा गर्ने समयमा तत्कालीन नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी वीच भएको तीन बुदे सहमती  कार्यान्वयन नभएको भन्दै नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल सर्लाहीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदकोकार्यालय सिंह दरवार काठमाण्डौँलाई ज्ञापन पत्र बुझाएको हो ।
युवक संगठनले राजनितीक आस्थाका आधारमा लगाइएका झुटा मुद्धाहरु तुरुन्त खारेज गर,राजनितीक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरुलाई रिहाई गर र जनमत संग्रहका लागि उचित वातावरण तयार गर भन्दै तीन बुँदा समेटेर ज्ञापन पत्र बुझाएको युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज विचारमान थिङले जानकारी दिनु भयो ।
तत्कालीन नेपाल सरकार र तत्कालीन प्रतिवन्धीत नेत्र विक्रम चन्द(विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीवीच २०७७ फागुन २१ मा भएका तीन बुँदे सहमती मध्य प्रतिवन्ध फुकुवा गर्ने बाहेक अरु काम तत्कालीन सरकारले पालना नगरेको भन्दै नेत्र विक्रम चन्द(विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको गंभिर ध्यानाकर्षण भएको हुँदा आज(बुधबार) देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापन पत्र बुझाइएको मधेशी मुक्ती मोर्चाका केन्द्रीय सदस्य ठगारमाले बताउनु भयो ।
राजनितीक आस्थाका आधारमा लगाइएका झुटा मुद्धाहरु अहिलेपनि जारी रहेको र  आस्थाकै आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरु अहिले पनि कैदी बन्दी जीवन विताई रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले सबै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाउन गरेको परिपत्र अनुसार पहिलो चरणमा ज्ञापन पत्र बुझाउने काम भएको अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो संयोजक पदम मगरले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीसंग भएको तीन बुँदे सहमती राज्यले इमान्दारीताका साथ कार्यन्वयन नगरे देशमा रानितीक,समाजिक तथा आर्थिक प्रभाव पर्नेमा ध्यानाकर्षण गराउँदै  आफुहरुसंग भएका तीन वुँदा राज्यपक्षले इमान्दारीताका साथ लागु गर्न नेपाल कम्युनिष्ट पार्टीले आग्रह गरेको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा युवक संगठन नेपालका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज बिचारमान,मधेशी मुक्ती मोर्चाका केन्द्रीय सदस्य ठगाराम,अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो संयोजक पदम र रविलामा लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार