सिन्धुलीको तीनपाटन गाउँपालिकाको ९ आम्बोटेमा विद्युतीकराणको लागी रु २५ लाख बजेट प्राप्त हुने भएको छ । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज राजन दाहाल‘ लेखनाथ’ले तीनपाटन गाउँपालिकाको ९ आम्बोटेमा विद्युतीकराणको लागी रु २५ लाख बजेटदिने घोषणा गर्नुभएको हो ।
तिनपाटन गाउँपालिका ९ मा माओबादी केन्द्र र वाइसियलको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा जिल्ला इन्चार्ज दाहालले घोषणा विधुतीकरणका लागी रु २५ लाख बजेट दिने घोषणा गर्नुभएको अखिल(क्रान्तिकारी) सिन्धुलीका संगठन विभाग प्रमुख हेम कार्की(प्रकाश)ले जानकारी दिनु भयो ।
प्रकाशका अनुसार मंसिरसम्म चकमकेदेखि अरुण ककुर जोड्नका लागि सडक निर्माणको लागि आवश्यक बजेटको लागि पहल गर्ने पनि आफुले पहल गर्ने जिल्ला इन्चार्ज दाहालले बताउनु भयो ।
त्यस्तै आम्बोटे स्वास्थ्य चौकिमा बिरामी राख्ने बेड समेत नरहेको चौतर्फि गुनासो आएकाले त्यहाँको स्वास्थ्यचौकीलााई स्वास्थ्य सामाग्रीको व्यवस्था सकेसम्म चाडै गर्ने पनि दाहालले बताउनु भयो । अब आम्बोटेका स्थानीयले आफ्नै ठाउँमा स्वास्थ्य सुबिधा पाउने बताउनु भएका छन् ।
माओबादि केन्द्र तिनपाटन गाउँपालिका ९ को वडा कमिटी अध्यक्ष भुपाल विकको अध्यक्षता तथा माओवादी केन्द्र सिन्धुली इन्चार्ज दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा वाइसियल जिल्ला संयोजक भुल बहादुर राना मगर(अविरल),वाइसियल जिल्ला सदस्य हेम कार्की(प्रकाश),माओवादी केन्द्र तीनपाटन गाउँपालिकाका इन्चार्ज अशोक पुलामी मगर,तीनपाटन पार्टी अध्यक्ष आनन्द कार्की, वडा नम्बर ५ का वडा अध्यक्ष दिनेश रमौली लगाायतको उपस्थिती रहेको थियो ।
सोहि कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब २ सयजना विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । यस्तै वडा नम्बर ९ मा वाइसियलकोे इन्चार्जमा सागर भण्डारी चयन हुनुभएको छ । सह इन्चार्जमा प्रेम भुजेल,अध्यक्षमा पासाङ लामा,उपाध्यक्षमा सुरज पौडेल,भक्त आले,सचिवमा नारायण रमौली, कोषाध्यक्षमा भोज बहादुर सिदाली सहित २३ जनाको कार्यसमिती समेत चयन गरिएको छ । भने नेकपा(माओवादी केन्द्र) तीनपाटन गाउँपालिका ९ को गाउा कमिटिको कार्यालय समेत उद्धघाटन गरिएको छ ।