प्रमुख प्रशासकीय अधिकृतको विषयमा हरिहरपुरगढीमा विवाद सृजना

311 Shares

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि विवाद सृजना भएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलको सरुवा भएपछि गाउँपालिकाको स्वास्थ्य शाखाका दिपेन्द्र कुमार पैकरालाई तत्कालीन अवस्थामा निमित्त प्रमुख प्रशासकीय अधिकृत  तोकिएपनि पछि उनै पैकरालाई आर्थिक अधिकार सहितको जिम्मा दिएपछि फेरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयले नयाँ प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई सरुवा गरी पठाएपछि गाउँपालिकामा विवाद सृजना भएको पाइएको छ ।
साउन १८ गते नै पैकरालाई आर्थिक अधिकार सहित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको भएपनि भदौ २ गते राईलाई सरुवा गरी प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएपछि गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरु दुई कित्तामा उभिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपाकिला अध्यक्षले हाजिर गराउने प्रावधन रहेपनि गाउँपालिका उपाअध्यक्ष सहितका केही जनप्रतिनिधिहरु र कर्मचारीहरुले आफुखुसी प्रमुख प्रशासकीय अधिकृत राईलाई हाजिर गराएपछि विवाद चर्किएको गाउँपालिका स्रोतले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४(४) अनुसार गाउँपालिकामा शाखा अधिकृतस्तरका प्रमुख प्रशासकीय अधिकृत खटाइने व्यवस्था भएपनि मन्त्रालयले उनै सातौँ तहका कर्मचारी पैकरालाई पहिला निमित्त र पछि आर्थिक अधिकार सहित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । 

सम्बन्धित समाचार