Close This

सर्लाहीका चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२७ गते   १८३७ पटक हेरिएको

सुक्खा मौसम शुरु भएसँगै सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सृजना भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम शुरु भएसँगै विगतका वर्षहरुमा झैँ यस वर्ष पनि खानेपानीको समस्या सुरु भएको हो ।
जिल्लाको उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवा लगायतका  खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरु भएको इश्वरपुर नगरपालिका १२ का स्थानिय रामबाबु थिङले गुनासो गर्नु भयो । उहाँका अनुसार धारामा पानी आउन छाडेको धेरै भएको र आफुहरुले खोला बगरका कुवाबाट पानी ल्याउने गरेको भएपनि अहिले ती कुवाहरु पनि सुक्न थालेपछि खानेपानीको समस्या भएको हो ।
जिल्लाको इश्वरपुर नगरपालिका १२ को घारी बथान,गुइडुङ,शिर फुलजोर,शिर कालीन्जोर,लालबन्दी नगरपालिका १५ को धुसेनी,देउराली,तिनघरे,लालबन्दी नगरपालिका १२,१३ र १४ का अधिकांश बस्तीहरुका साथै हरिवन नगरपालिका १ को चुरे क्षेत्रका बस्तीहरुमा खानेपानीको समस्या देखिएको छ ।
सर्लाहीको कर्णाली भनेर चिनिने यि स्थानका बस्तीहरुमा अरु समयमा पनि सहजै शुद्ध पिउने पानी पाउन समस्या हुने गरेको भएपनि सुक्खा मौसम सुरु भएपछि खानेपानीको थप समस्या देखिएको इश्वरपुर नगरपालिका १२ की जानुकी माया वि.कले बताउनु भयो ।
जिल्लाको चुरे क्षेत्रका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनाबाटै खानेपानीको  समस्या सुरु हुन्ने गर्दछ ।  स्थानिय सरकारलाई यो विषयमा जानकारी भएको भएपनि त्यो समस्या समाधान गर्न स्थानिय सरकार लागि नपरेको इश्वरपुर नगरपालिका १२ का जीवन तामाङले बताउनु भयो ।
यस वर्ष हिउँदमा पर्याप्त पानी नपर्नाले, बढ्दो वन विनाश र उत्खनन्ले गर्दा पछिल्ला वर्षहरूमा खानेपानीका स्रोत चाँडो सुक्न थालेका प्राविधिकहरूले बताएका छन् । हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीहरुमा पर्ने अरु बस्तीहरु भालुखोप केरावारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्ग्रेखोला लगायतका क्षेत्रमा खानेपानीको समस्या हुने गरेको भएपनि त्यो समस्या समाधान गर्न स्थानिय सरकार लागि नपर्दा सो क्षेत्रका सयौँ बस्तीमा खानेपानीको समस्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको स्थानिय युवा तेज तामाङले बताउनु भयो । उहाँका अनुसार एक गाग्री खानेपानी जोहो गर्न अहिले चुरेका स्थानीय बासिन्दा घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन्। ‘गाउँका सयौँ घरधुरीका लागि अहिले खानेपानीको जोहो गर्न निकै समस्या हुने गरेको हो ।
गाउँमा एउटा मात्रै कुवा छ, त्यही कुवामा पनि हिजोआज रातभर जम्मा भएको पानीले दुई÷चार घरलाई समेत पुग्दैन’,लालबन्दी नगरपालिका १४, नारायणखोलाका स्थानीय जितबहादुर रानाले बताउनु भयो । उहाँले नेताहरुलाई चुनाव लागेको छ । भोट माग्न आउँदा यसो गर्दीन्छु उसो गर्दीन्छु भन्ने तर निर्वाचन सकाएपछि फर्किएर हेर्दैनन् । हामीलाई खानेपानीको समेत समस्या छ । पशुचौपाए र मानिसले एउटै खोला, खोल्सी र कुवाको पानी खानु परेको छ । दूषित पानी पिउँदा स्थानीय बासिन्दा वर्षेनि झाडापखाला लगायत अन्य पानीजन्य रोगको शिकार बन्दै आएका छन् ।
फागुन÷चैत,बैशाख र जेठमा चुरेक्षेत्रका बस्तीमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको लालबन्दी नगरपालिका १२ भालुखोपका वीरबहादुर रानाले गुनासो गर्नुभयो । ‘मुहानै सुक्न थालेपछि गाउँका धारामा कम पानी आउन थालेको छ’,‘एक गाग्री पानीका लागि पाँच घण्टासम्म कुर्नुपर्ने बाध्यता छ।’रानाले बताउनु भयो ।
खानेपानीको अभाव टार्न दुई वर्षअघि बागमती, हरिवन र लालबन्दी नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पु¥याए पनि केही स्थान बाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयको भनाई छ ।
यता,सो क्षेत्रमा अहिले पनि खानेपानीको अभाव नरहेको स्थानिय जनप्रतिनिधिहरुले बताएका छन् । खानेपानीको अभाव हुन नदिन पुराना इनार,कुवा मर्मत एवम नयाँ निर्माण गर्ने र ठाउँ–ठाउँमा डिप बोरिङ गाड्ने काम गरेर खानेपानी अभाव हुन नदिएको इश्वरपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख मनोज कुमार देवकोटाले बताउनु भयो ।
नगरको अति विकट मानिने क्षेत्रहरु र आसपासका क्षेत्रमा कसरी पानी पु¥याउन सकिन्छ भनेर अध्ययन गरेको र नजिकैको खोलाबाट लिफ्ट प्रविधिमार्फत सोक्षेत्रमा खानेपानी पु¥याएको र केही स्थानमा खानेपानी नपुगेको भएपनि आगामी निर्वाचन पछि पुर्याइने हरिवन नगरपालिकाका निवर्तमान नगर प्रमुख गणेश प्रसाद प्रसाईले बताउनु भयो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech