आइजिपी कुँवरले भुले आफ्नो इतिहास ?

759 Shares

शंखर पहाडी(गौरब)
आइजिपी वसन्त बहादुर कुँवर नेपाल प्रहरीमा पदोन्नति हुनको लागि कामको मूल्याङ्कन पनि हुनु पर्ने हो कि वरियतामा अगाडि भए मात्र हुने हो ? भरखरै भएको बरिष्ठ प्रहर िउपरिक्षक(एसएसप) तथा प्रहरीउपरिक्षक(एसपी) मा बढुवा यस्तै देखिएको छ ।
नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न गरेको सिफारिस प्रति प्रहरीभित्र चर्काे असन्तुष्टि देखिएको छ । अब्बल प्रहरी अधिकृतहरुलाई छुटाएर वरियता कै अधारमा कामको मूल्याङ्कन नगरि विवादित अधिकृतलाई बढुवा गर्न सिफारिस गरिएको भन्दै प्रहरी संगठन भित्र चर्काे असन्तुष्टि देखिएको हो । प्रहरी प्रधान कार्यालय,नक्सालले गत शुक्रबार प्रहरीका २२ प्रहरी नायव उपरिक्षक(डीएसपी)लाई प्रहरी उपरिक्षक(एसपी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।
उक्त सिफारिसमा २०७५ असोज २१ मा घुससहित पक्राउ परेका प्रहरी नायव उपरिक्षक(डीएसपी)श्यामकुमार राईसमेत समेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान गर्दा उनले बालुवा व्यवसायीसँग घुसवापत ७० इञ्चको टेलिभिजन र शोकेश समेत मागेको खुलेको थियो ।
प्रहरीवृत्त,बौद्धमा प्रहरी नायव उपरिक्षक(डीएसपी) छँदा राइले व्यवसायीबाट असूली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालमा उजुरी परेको थियो । तर, तत्कालीन गृह मन्त्रालयका उच्च अधिकारीसँग आफ्नो निकटता देखाएर उनी जोगिँदै आएका थिए । त्यहीबीच उनलाई महानगरिय प्रहरीवृत्त बौद्धमा रु ५० हजार घुससहित अख्तियारले पक्राउ गरेको थियो तर अख्तियार प्रमुख राई नै भएको कारण मुद्दा कमजोर बनाई उन्मुक्ति दिइएको थियो ।
संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीको प्रि–स्याट छनौट परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा कारबाही सिफारिसमा परेका प्रहरी नायव उपरिक्षक(डीएसपी) रुपेश खड्का पनि प्रहरी उपरिक्षक(एसपी)को बढुवा सिफारिसमा परेका छन् ।
बढुवा सिफारिसमा विवादित प्रहरी नायव उपरिक्षक(डीएसपी) मिलन केसी पनि परेका छन् । उनी महानगरिय प्रहरीवृत स्वयम्भुको प्रमुख रहँदा पदीय आचरण विपरित अपराधिक क्रियाकलापमा सम्लग्न गुन्डा नाइके समीर बस्नेतलाई भेट्न वर्दी लगाएरै केन्द्रीय कारगार पुगेको तथ्य बाहिरिएपछि प्रहरी संगठनकै बेइज्जत भएको भन्दै महानगरिय प्रहरी आयुक्त रानीपोखरीले कारवाही गरेको थियो ।
बढुवा सिफारिसमा अर्का विवादित प्रहरी नायव उपरिक्षक(डीएसपी) कुमुद ढुंगेल पनि परेका छन् । उनी मिटर ब्याजी र आपराधिक गतिविधिमा संलग्न रहेका गुन्डा नाइकेहरु,दलालहरुसँग उठबस गर्ने प्रहरीका हाकिमहरुको पैसा लगानी लगाउने जस्ता गलत कार्यमा क्रियाशील रहेको र नेपाली कांग्रेस महामन्त्री गगन थापाका आत्मिय मित्रसमेत हुन् । फेक इन्काउन्टर स्पेसलिस्ट र गुन्डा नाइकेसँगको फोन कन्ट्याकमार्फत साँठगाँठ गरेको भेटिएको कारण उनीविरुद्ध हाल पनि काठमान्डौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।
यस अघि पनि बरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)बढुवा सिफारिसमा कार्य सम्पादनमा कमजोर रहेका बाईसौँ नम्बरमा रहेका बरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)प्रज्वल महर्जनलाई छलाङ मारेर अठारौँ नम्बरमा बरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)बढुवा गराउँदा कार्य सम्पादनमा अब्वल रहेका काविल अधिकृत तेइसौँ नम्बरमा रहेका वसन्त रजौरे बढुवा सिफारिसमा छुट्न पुगेका थिए ।
बरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)बढुवामा छुटेका नेपाल प्रहरीका प्रहरी उपरिक्षक(एसपी)आभूषण तिम्सिनाले राजीनामा दिइसकेका छन् । आफूमाथि अन्याय भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामाको घोषणा गरेका थिए । आफू अन्यायमा परेकोले अरु अन्यायमा परेकालाई न्याय दिलाउन गाह्रो हुने भएकाले राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।
बरियताकै आधारमा एउटै व्यक्ति सधैं सिनियर भइरहन पर्ने हो भने अन्य काविल अधिकृतहरु पछाडि नै परिरहन पर्ने हो  ? भन्ने प्रश्न उठेको छ ।
बरियताकै आधारमा बढुवा भएको भए नवनियुक्त आइजिपी कुँवर आइजिपी बन्न भ्याउदैन थिए । आइजिपी कुँवर बरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)बाट डिआइजी बढुवा हुँदा एक नम्बरको बरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)सन्दीप भन्डारीलाई सात नम्बरमापछि पार्दै छलाङ मारेर बाह्रौँ नम्बरबाट एक नम्बरमा डिआइजी बन्न सफल भएका थिए । बिसौँ नम्बरको बरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)विकासराज खनाल तेहौँ नम्बरमा डिआईजी बनेका थिए ।
आइजिपी कुँवर, के हिजोका ती दिन कहाँ गए ? आफ्नो इतिहास कहाँ हरायो ? आफू बरियता विपरित आउन मिल्ने अनि अहिले आफू आइजिपी भएपछि भने बरियता चाहिने ? यो कस्तो प्रशासन र सुशासन हो ?
सिनियारिटीकै आधारमा मात्र यस्ता विवादित अधिकृतलाई बढुवा दिँदा फिल्डमा खटिएका अव्बल र काविल अधिकृत सधैं पछाडि परिरहेको देखिन्छ । कामको मूल्याङ्कनको आधारमा बढुवा नहुँदा राम्रो छवि भएका अधिकृतहरुको मनोवल घटिरहेको छ की छैन । कार्य क्षेत्रमा कामको मूल्याङ्कन नहुने भएकै कारण हेडक्वाटर,एकेडेमी,अख्तियार जस्ता ठाँउमा बसेका अधिकृतहरु बढुवाको लागि मात्र बसेको पनि देखिन्छ । क फिल्डमा अनेकौँ समस्यासंग जुधेर काम गरेका प्रहरी अधिकृतहरुमाथी हुने व्यवहार यही हो ?
 

सम्बन्धित समाचार