Close This

हुलाकी सडक निर्माण कार्य सुस्त,हिउँदमा धुलाम्मेर वर्षामा हिलाम्मेको मारमा स्थानिय

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१७ गते   २११ पटक हेरिएको

निर्माण कार्य अलप परेको हुलाकी सडक

सर्लाही जिल्ला अन्र्तगत पर्ने हुलाकी सडक खण्डको निर्माण कार्य सुस्त भएको छ । राणाकालमै देशैभर पूर्वदेखि पश्चिमसम्म रेखा कोरिएको हुलाकी सडकको सर्लाही खण्डमा निर्माण कार्यसुस्त भएको छ ।
निर्माण सुरु भएको वर्षौं भइृ सक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा पहिला पहिला निर्माण गरेको सडक अहिले जीर्ण भई सकेको छ । सो जीर्ण सडकको स्तरोन्नति समेत नहुँदा स्थानीय हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य भएका छन् ।
राणाकालीन समयमा चिठीपत्र पुर्याउने‘हुलाकी’कुद्ने भनेर रेखाङ्कन गरिएको पूर्वदेखि पश्चिम जोडिने ‘हुलाकी सडक’ निर्माण सुरु भएको लामोसमय भई सक्दा पनि निर्माण सम्पन्न नहुँदा स्थानिय आजित भएका छन् ।
तत्कालीन राजा महेन्द्र साहले हुलाकी सडकलाई प्राथमिकतामा नपारी मधेशको बस्तीभन्दा २०–३० किलोमिटर उत्तर चुरेछेउमा जंगल फँडानी गरेर पूर्व–पश्चिम लोकमार्ग निर्माण अघि बढाएपछि हुलाकी सडक निर्माणको काम ओझेलमा परेको थियो ।त्यसयता पनि मधेशको जीवनस्तर बदल्ने महत्वपुर्ण मार्गको रुपमा मानिएको सो सडक सरकारी प्राथमिकतामा पर्न सकेको छैन ।
हुलाकी सडक स्थापना पश्चात चारवटा शासन व्यवस्था फेरिएर संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा पनि सडक निर्माण कार्यले तिब्रता नपाउनु मधेशका लागि दुर्भाग्य हो । कुल ४० दशमलव ३७ किलोमिटर हूलाकी सडक निर्माण गर्न रु ६४ करोडमा पाँच वर्षभित्र हुलाकी सडक कालोपत्र सक्ने गरी हिन्दूङ्ग एन्ड ठोकर हीरा एन्ड नमीता जेभी ÷ हिन्दूङ्ग एन्ड ठोकर शाहा निर्माण सेवा र दिवा निर्माण सेवालाई २०७३ सालमा ३ वटा प्याकेजमा ठेक्का लागाईएको थियो । 
हालसम्म निर्माण कम्पनीले करिब रु ३२ करोड रकम लगिसके भएपनि सडकको अवस्था उस्तै छ । गोडैता नगरपालिकाका स्थानिय कपिल महतोले सडकको दुरवस्थाका कारण यस भेगका नागरिकले सधैं सास्ती व्यहोरिरहेको गुनासो गर्नुभयो । ‘आफुहरूका लागि हुलाकी सडक नै मुख्य सडक हो,जहाँ गए पनि हुलाकी सडक भएरै जानुपर्छ तर सडक निर्माणको काम सुस्त छ कतै निर्माण भईसकेको सडक जीर्ण भइ्र्र सकेको छ,’ उहाँले बताउनु भयो ।‘बाल्यकालदेखि देख्दै आएको सडकको अवस्था जस्ताको त्यस्तै छ, हिउँदमा धुलोको मार खेप्दै आएका आफुहरु वर्षा लागेपछि हिलाम्ये बाटो हिँड्न बाध्य भएका ’स्थानियको गुनासो छ । हुलाकी सडकलाई मधेशको‘लाइफलाइन’मानिए पनि मधेशको पुस्ता परिवर्तन भए पनि सडकको अवस्था भने नफेरिएको स्थानियले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech