सर्लाहीको लालबन्दी नगरपालिका १ बाट प्रहरीले प्रतिवन्धित लागु औषध गााँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ।लालबन्दी नगरपालिका १ स्थित जंगल टोल भित्री सडक खण्ड स्थित डाबरीबाट लालबन्दी तर्फ आउँदै गरेको बिआर ०२ पिबी २२२६ नम्बरको भारतिय कार र बागमती प्रदेश ०६ ०२ प १७७० नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकल सहित कार र कारमा ल्याउँदै गरेको अन्दाजी ६० किलो लागु औषध गाँजा सहित लालबन्दी नगरपालिका १ नवलपुर बस्ने अन्दाजी वर्ष ३२ का नुरहसन साहलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवम सई सुधिर यादवको नेतृत्वमा खटिएको चेकिङ टोलीले उक्त मोटरसाईकल रोकी चेकजाँच गर्न खोज्दा नरोकी तिब्र गतिमा भागेको र पच्छ्याउँदै जाँदा मोटरसाईकल चालक साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त कारमा प्रतिबन्धित लागु औषध गाँजा रहेको बताएपछि कार खोज्ने क्रममा कार वेवारिसे अवस्थामा फेला परेको हो ।
वेवारिसे अवस्थामा फेला परेको करको सिट पछाडी लुकाई छिपाई प्लाष्टिकले बेरेर राखेको अवस्थामा अन्दाजी ६० किलो लागु औषध गाँजा बरामद् भएको सर्लाही प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिईएको कार,मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखेर आवश्य अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यालय नवलपुरको प्रहरी टोलीले उक्त गाँजा,कार र मोटरसाईकल सहित साहलाई नियन्त्रणमा लिएको हो ।