स्वास्थ्य मन्त्री सिंहको सेटिङमा भएको सिटी स्क्यान प्रकरण छानबिन गर्न तीन सदस्यीय समिति गठन

277 Shares

सर्लाही र सिरहाका लागि मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले खरिद गर्न लागेको सिटी स्क्यान खरिद प्रकरणमा बदमासी भएको भन्दै मधेश प्रदेश सकारकाले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहको सेटिङमा मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले सर्लाही र सिरहाका लागि खरिद गर्न लागेको सिटी स्क्यान खरिद प्रकरणमा बदमासी भएको भन्दै मधेश प्रदेश सकारकाले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
नवौँ तहका अधिकृत डा.ईन्द्रजीत रजक,बायोमेड इञ्जिनियर शैलेन्द्र यादव र शाखा अधिकृत रवीन्द्र यादव रहेको तीन सदस्यीय छानविन समिति गठन भएको छ ।उनीहरुलाई प्रदेश सरकारको मन्त्रिपरिषद्बाट छानबिनका लागि बनेको समितिको पत्र पुगेको स्रोतले जनाएको छ ।
स्वास्थ्य आपूर्ति केन्द्रले खरिद गर्न लागेको रु २० करोडको दुई वटा सिटी स्क्यान मेसिन खरिदका लागि मेडिकल व्यवसायी विशाल पण्डितको हस्पिटेक कम्पनीले मात्र खरिद गर्न पाउने गरी २०१२ को १२ वर्ष पुरानो फिलिप्सको मेसिन किन्ने प्रयोजनसहित टेन्डर स्पेसलक गरेको थियो ।यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह स्वयम्ले पण्डितको काठमाडौँस्थित बसेरा होटलमा तीनदिन बसेर वार्ता गरेका स्रोतले जनाएको छ ।
पण्डितलाई ठेक्का दिन मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवसँग सल्लाह गरेर निर्देशक नागेन्द्र यादवलाई सरुवा गरेर मन्त्री सिंहले आफ्ना विश्वास पात्र डा.मनीष पाण्डेलाई निमित्त निर्देशक बनाएका थिए भने पण्डितको कम्पनीलाई ठेक्का दिने प्रोजेक्ट बनाउन पण्डितकै कम्पनीका पूर्व कर्मचारी वन्दना मिश्रलाई परामर्शदाता नियुक्त गरिएको थियो । दरबन्दीका बायोमेड इन्जिनियर शैलेन्द्रलाई सरुवा गरिएको थियो ।अहिले छानबिनमा उनै शैलेन्द्र सहितलाई सरकारले जिम्मेवारी दिएको छ ।
एउटा व्यवसायीको सेटिङमा खरिद प्रकरण अघि बढेपछि विभिन्न सञ्चार माध्यामहरुले लगातार खबरदारी गरिरहेका थिए ।खबरदारी पछि मुख्यमन्त्रीको कार्यालय,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास र मधेश प्रदेश सभाको सार्वजनिक लेखा समितिमा मेडिकल व्यवसायी नारायण कार्कीले माफियाको चंगुलमा परेर एउटा कम्पनीलाई मात्र ठेक्का दिने काम रोकेर सबैलाई प्रतिस्पर्धा गर्न पाउने गरी टेन्डर आव्हान गर्न भन्दै पण्डित,पाण्डे र मिश्रमाथि छानबिन गरी कारबाही गर्न माग गरेका थिए ।

सम्बन्धित समाचार