Close This

मंगलबार मध्यरातदेखि कमलामाई एक हप्ता बन्द

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२८ गते   ४०२ पटक हेरिएको

 कोरोनाको उच्च जोखिम बढ्दै गएपछि मङ्गलबार राति १२ बजेदेखि एक हप्ताका लागि नगरपालिका क्षेत्रमा यातायात आवागमन र आवतजावत बन्द गरिएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग खत्रीले कोरोना जोखिम उच्च बन्दै गएकाले नियन्त्रण प्रयास स्वरुप आवागमन र आवतजावतमा रोक लगाइएको जानकारी दिनुभयो ।

सोमबार सम्पन्न सर्वपक्षीय बैठकले कमलामाई नगर क्षेत्रमा मङ्गलबार मध्यरातदेखि एक हप्ताका लागि अत्यवश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको थियो । नगर प्रमुख खत्रीका अनुसार, मङ्गलबार राति १२ बजेदेखि अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधनको आवागमनमा रोक लगाइएको छ । दुध, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सेवा र वस्तुको ढुवानीाबाहेक अन्य सवारी साधनमा रोक लगाइएको छ ।

त्यस्तै विभिन्न राजमार्गहुँदै आउने सवारी साधानबाट मानिस र सामाग्रीलाई नगरपालिकाभित्र प्रवेश निषेध गरिएको छ । नगरभित्र लोड अनलोड, अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाइने, तरकारी पसल, होटल, रेस्टुरेण्डलगाायत रिसोर्ट पुर्ण रुपमा बन्द गरिने भएको छ ।
रातमाटास्थित एपोलो हस्पिटललाई आइसोलेसनका रुपमा विकास गरिने नगरप्रमुख खत्रीले बताउनु भयो । त्यस्तै, जिल्लाका सार्वजनिक शौचालयसमेत बन्द गरिने भएको छ । उहाँले एक हप्ताको बन्दाबन्दीपछि पनि कोरोना जोखिम बढ्दै गएमा पुन थप्न सकिने जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech