दोस्रो जीवन पाएँ भ्रष्टाचार विरुद्ध लडि रहन्छु ः वडा अध्यक्ष पदका उम्मेदवार इस्तिहार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२९ गते   ५५ पटक हेरिएको

सर्लाहीका उम्मेदवारहरुलाई निश्पक्ष तरिकाबाट चुनावमा होमिन नेकपा(माओवादी केन्द्र)को तर्फबाट हरिवन नगरपालिका ११ का वडा अध्यक्ष पदका उम्मेदवारले आग्रह गरेका छन् । आफु चुनावी कार्यक्रम अन्र्तगत घरदैलो गर्दै गर्दा मिठाईमा विष मिसाएर खान दिँदा बिरामी परेका नेकपा(माओवादी केन्द्र) को तर्फबाट हरिवन नगरपालिका ११ का वडा अध्यक्ष पदका उम्मेदवार शेख इस्तिहारले यस्तो बताउनु भएको हो ।
हरिवन नगरपालिका ११ मा बैशाख २५ गते चुनाव प्रचार प्रसार अन्र्तगत घरदैलो कार्यक्रम गर्ने क्रममा मिठाईमा विष मिसाएर खान दिँदा वडा अध्यक्ष पदका उम्मेदवार ईस्तिहार सहित ८ जना विरामी परेका थिए । 
अत्यन्तै नाजुक अवस्थाबाट केही सुधार भएपछि आईसियुबाट नर्मल वेडमा आएका वडा अध्यक्ष पदका उम्मेदवार इस्तीहारको स्वास्थ्य अवस्था बुझ्न पुगेको नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिलाई उम्मेदवार इस्तिहारले चुनाव हार्ने जित्ने खेल हो । तर ज्यान मार्ने मनसाय राखेर गरिएको यस किसिमको कार्य नगरीदिनु हुन उनले अनुरोध गरे । उनले आफुले दोस्रो जीवन पाएको बताउँदै हरिवनबासीकै पक्षमा आफु निरन्तर रहने बताउनु भएको छ ।
हरिवन नगरपालिका ११ लाई भ्रष्टाचार मुक्त नगर बनाउन हरिवन नगरपालिका ११ बासीले साथ दिनुहुनेछ भनने अपेक्षा गरेको कुरा जनातालाई सुनाई दिन उम्मेदवार इस्तिहारले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । बैशाख २५ गते हरिवन नगरपालिका ११ को वडा अध्यक्ष पदका उम्मेदवार  इस्तिहार,महिला सदस्य पुर्णिमा भण्डारी,सदस्य ओम प्रकाश साह(रौनियार) लगायत  शेष आरिफ, रिजमान शेष,दिलिप खड्का,हरि लामा र शेष अस्फाकलाई विपक्षी दलले  मिठाईमा विष मिलाएर खान दिँदा गम्भिर बिरामी भएका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech