सर्लाहीको चन्द्रनगरमा विभिन्न पार्टी परित्याग गरि करिब एक हजार नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । माओवादी केन्द्र चन्द्रनगर गाउँ कमिटिकाे आयाेजनामा भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब सात सय जना माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्रका नेता नवीन यादवले जानकारी दिए ।
माओवादी केन्द्र चन्द्रनगर गाउँ कमिटि अध्यक्ष लाेकेन्द्र मुखियाकाे अध्यक्षता एवम माओवादी केन्द्रका केन्द्रीय सचिव एवम मधेश प्रदेश ईन्चार्ज लिलामणी पाेख्रेलकाे प्रमुख आतिथ्यतामा भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका नेता राम विश्वास रायकाे नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि करिब सात सय जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
बृहत् पार्टी प्रवेश कार्यक्रममा स्थायी कमिटि सदस्य प्रह्लाद कुमार बुढाथोकी,पुर्व मन्त्री एवम केन्द्रीय सदस्य रामेश्वर राय यादव र केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला ईन्चार्ज अच्युतम काफ्ले लगायतकाे विशेष उपस्थितिमा भएको कार्यक्रममा नेपाली कांग्रेस,नेकपा(एमाले),लाेकतान्त्रीक समाजवादी पार्टी(लाेसपा) र जनता समाजवादी पार्टी(जसपा) सहित अन्य विभिन्न पार्टी परित्याग करिब सात सयजना माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र चन्द्रनगर गाउँ कमिटिले जनाएको छ ।