Close This

लामो समयदेखि पनी नपर्दा सर्लाहीका किसान चिन्तित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-२३ गते   १४५ पटक हेरिएको

दुर्गाकुमारी अधिकारी 

सर्लाहीसहित मधेशका जिल्लामा विगत लामो समयदेखि पानी नपर्दा सुक्खापन बढ्दै गएको छ । यस क्षेत्रमा विगत लामो समयदेखि पानी नपर्दाए अन्नबाली सुक्न थालेपछि जिल्लाका किसानहरु चिन्तित भएका छन् ।
पछिल्लो सयममा देशका अन्य स्थानहरुमा पानी परेको भएपनि जिल्लामा भदौदेखि पानी परेको छैन् ।जसका कारण जिल्लाका किसानहरु चिन्तित भएका छन् । सुख्खापनका कारण आगलागी र डढेलोको जोखिम पनि बढेको हरिवन नगरपालिका २ का  रामपुकार महतोले बताए । उनका अनुसार धुलो,धुँवाका प्रदुषण पनि उत्तिकै बढेको छ । पानी नपर्दा जिल्लाका बस्ती र खेतबारीका फाँट उजाड देखिएका बलरा नगरपालिका ५ का मनोज कुमार सिंहले बताए ।
विशेष गरी आकाशे वर्षाको भरमा रहेको जिल्लाको चुरेक्षेत्रका बस्ती उजाडिएका छन् । दक्षिणी भेगमा सिँचाई सुविधा रहेकाले खेतबारीमा हरियाली देखिए पनि उत्तरी भेगमा खेतीबारीका फाँट बाँझो देखिएका लालबन्दी नगरपालिका ११ का वडा अध्यक्ष दिपक लामाले बताए ।
हिउँदे वर्षा भए मधेशका किसानहरुले बाँझो रहेका खेतबारी खनजोत गर्ने र  समयानुसारको तरकारी तथा अन्नबाली लगाउने पाउने भएपनि पानी नपर्दा अहिले बाँझो रहेको खेतबारी खनजोत गर्न समेत नपाएको लालबन्दी नगरपालिका १३ का उदय श्रेष्ठले बताए । उनका अनुसार फागुन सकिनै लाग्दापनि एक झर हिउँदे वर्षा हुन नसक्दा खेतबारी बाझैँ राख्नुपरेको छ ।
जिल्लाका किसानहरुले मकै रोप्नका लागि बारीमा मल छर्ने काम धमाधम गरिरहेका छन् । केही दिनदेखि मौसम धाम्मधुम्म भइरहँदा पानी पर्ने आशमा रहेका जिल्लाका किसानहरुको आँखा आकाश तिरै छ ।  भने पानी पर्न नसक्दा जिल्लाको पूर्व–पश्चिम हुलाकी सडकसहित अन्य कच्ची भित्री सडकमा अत्याधिक मात्रामा धुलो उड्दा जनजीवन प्रभावित भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech