सर्लाहीको हरिवन नगरपालिका स्वास्थ्य क्षेत्रमा मधेश प्रदेश मै पहिलो

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-७-२६ गते   १९९ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका स्वास्थ्य क्षेत्रमा मधेश प्रदेश मै उत्कृष्ट भएको छ । स्थानिय तहका स्वास्थ्य संस्थाहरुको स्वास्थ्य सेवा प्रबाह सम्बन्धी वार्षिक समिक्षामा मधेश प्रदेशका एक सय ३५ वटा स्थानिय तहहरु मध्य हरिवन नगरपालिका स्वास्थ्य क्षेत्रमा मधेश प्रदेश मै उत्कृष्ट भएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार हरिवन नगरपालिका गत बर्ष तेस्रो भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा कार्य सम्पादन सेवा प्रवाह मापन गर्ने विभिन्न १५ वटा सुचकको सत प्रतिशत अंक ल्याई हरिवन नगरपालिका पहिलो भएको हो ।हरिवन नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा  ८५ दशमलव पाँच अंक प्राप्त गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
प्रथम भएको हरिवन नगरपालिकालाई मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले सम्मान पत्रका साथै दोसल्ला र मायाको चिनोले सम्मान गर्नु भएको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech