बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म जिल्ला प्रशासन कार्यालय सर्लाही खुल्ला रहने

600 Shares

 जिल्ला प्रशासन कार्यालय सर्लाही बिहान ७ बजे देखि साँझ ६ बजे सम्म आफ्नो सेवा प्रदान गर्ने भएको छ ।जिल्लामा नागरिकता बनाउनेको भिड धेरै भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहानैबाट सेवा प्रदान गर्ने सुरु गरेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
उनका अनुसार केहीदिन पहिलाबाटै भिड कम नभएसम्म बिहान ७ बजे देखि साँझ ६ बजे सम्म आफ्नो सेवा प्रदान गर्ने बताए ।नागरिकहरुलाई कसरी सहज रुपमा नागरिकता दिलाउँन सकन्छ भनेर बिहान ७ बजे देखि साँझ ६ बजे सम्म आफ्नो सेवा प्रदान गर्न सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले बताए ।
उनका अनुसार २०६३ सालमा सशस्त्र समयमा तत्कालीन विद्रोेहीले जिल्ला प्रशासन कार्यालयमा पुर्याएको क्षतिले गर्दा अहिले पुरानो नागरिकताको प्रतिलिपि लिन आउँदा सुरुमा वडाको सिफारिस, त्यसपछि मुचुल्का र नयाँ रेकर्ड कायम लगायतका काम गर्नुपर्ने भएकाले धेरै समय लाग्ने गरेको छ ।जसका कारण नागरिकहरु लामो समय सम्म लाईनमा बस्नु पर्ने बाध्यता रहेकाले त्यसलाई सहजता प्रदान गर्न बिहान ७ बजे देखि साँझ ६ बजे सम्म आफ्नो सेवा प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार