सर्लाहीको हरिवन नगरपालिका ८ का वडा अध्यक्ष र हरिवन नगरपालिका ८ मा रहेको श्री महादेव जनता माविले आफ्ना कर्तुत लुकाउन दुनियाँ प्रपञ्च सुरु गरेको छ । हरिवन नगरपालिका ८ का वडा अध्यक्ष प्रज्वल ढुंगानाले सिफारिस दिएर हरिवन नगरपालिका ८ मा रहेको श्री महादेव जनता माविको ऐलानी जमिन व्यक्तिको नाममा गर्ने प्रयास भएको थियो भने हरिवन नगरपालिका ८ स्थित रहेको पुरानो बजारमा रहेको सार्वजनिक जमिन पनि वडा अध्यक्ष ढुंगाना र नगर प्रमुख रमेश बुढाथोकीको मिलेमतोमा हडप्ने काम भएको भन्दै कमलामाई मिडिया प्रा.लिले प्रकाशन गरेपछि अतालिएका वडा अध्यक्ष ढुंगाना र श्री महादेव जनता माविका प्रधानाध्यापक जय शंकर सिंहले सो कुरामा सत्यता नभएको कानुनी उपचारमा जाने लगायतका प्रपच्न मात्रै नरहि सामाजिक सञ्जाल मार्फत समाचार प्रकाशन गर्ने कमलामाई मिडिया प्रा.लि र यसमा आवद्ध पत्रकारहरुलाई अनावश्यक र तथानाम गालि बेइजेती समेत गरेका छन् ।
वडा अध्यक्ष ढुंगानाले हरिवन नगरपालिका ११ स्थित रहेको सानिमा विकास बैक नजिकै लामो समयदेखि भोग चलन गरेका आधारमा आफुले सिफारिस दिएको र विद्यालयले प्रमाण सहित खुलाएर ल्याएमा केही समिक्षा गर्न सक्ने बताएका थिए । भने प्रधानाध्यापक सिंहले विद्यालयमा भेट्दा अहिले सामान्य विवाद सृजना भएको र वडाले अखाफुखुसी निर्णय गरेपछि आफुहरुले थाहा पाएर पत्राचार गरिएको भएपनि पछि पत्र स्पष्ट नभएको भन्दै फिर्ता आएको तर अहिले समाचार नलेखिदिनु भनेका थिए । जसबाट पनि प्रधानाध्यापक सिंहलाई पनि विद्यालयको सम्पतीको संरचनामा चासो नभएको प्रष्ट हुन्छ ।
यता,पछि हरिवन नगरपालिका ८ का वडाअध्यक्ष ढुंगाना र प्रधानाध्यापक सिंहले समस्या पर्ने भएपनि टाउँको लुकाउन आपत्ती जनाएको विज्ञप्ती जारी गरेका छन् । भने विद्यालयको जमिन लामो समयदेखि ठेक्कामा भोगचलन गरेका गेहेन्द्र सुवेदीको पक्षबाट विभिन्न किसिमका मानिसहरुले कमलामाई मिडिया प्रा.लिलाई धम्की लाउनुका साथै समाचार हटाउन दवाव दिएका छन् ।
वडाले गरेको सिफारिसको सबै कागजात नष्ट गरि सकेका वडा अध्यक्ष ढुंगानाले कानुनी उपचारमा पनि जाने भन्दै एक मिडिया मार्फत कमलामाई मिडिया प्रा.लिले सम्प्रेषण गरेको समाचारको खण्डन छाप्न लगाएका छन् । उनले “यस्ता धेरै प्रक्रिया बाकी हुँदा हुँदै झुटको खेती गर्ने विरुद्ध कानुनी उपचार त गरौंला । वडा अध्यक्षको काम जे सत्य हो त्यो गर्नै पर्छ । जग्गा भोगचलन,जोतभोग करिब तीन दशक भन्दा बढीदेखि भोग्दै आएकोलाई सिफारिस दिनुपर्ने भएकोले वडाले सिफारिस दिएको हो ।”उनले समाचार लेख्न लगाएको मिडियाबाट पनि स्विकार गरेका छन् ।
यसैगरि विद्यालयका प्रधानाध्यापक सिंहले पनि आफ्नो ठाउँको जोगाउन ठेक्काको तिथि मिति र ठेक्का कसले लिनु भएको हो भन्ने विषयमा रेकर्ड हेर्नूपर्छ भनेका भएपनि वडा अध्यक्ष र वडा कार्यालयकाको बचाउ गर्दै विज्ञप्ती जारी गरेका छन् । भने विद्यालयका एक शिक्षकले समेत कमलामाई मिडिया प्रा.लि र यसमा आवद्ध पत्रकारहरुलाई अर्नगल आरोप लगाएका छन् ।
सामाजिक सञ्जालहरुमा कमलामाई मिडिया प्रा.लि र यसमा अवद्ध पत्रकारहरुको चरित्र हत्या गर्ने गरि मानमर्दन हुने गरी सामाजिक संजालहरुमा लेखिएका भाषा र शब्दहरु अत्यन्तै निच्च रहेका कारण कमलामाई मिडिया प्रा.लि र यसमा अवद्ध पत्रकारहरु कुनै आपती जनाउनु नपर्ने तर कानूनी उपचारको बाटोमा अगाडी बढी सकेको कमलामाई मिडिया प्रा.लि सञ्चालक टिमले जनाएको छ ।
वडा अध्यक्ष ढुंगानाका आसेपासेहरुले सामाजिक सञ्जालहरुमा आफ्नोे स्वार्थ पुरा भएन भनेर जे लेखे पनि हुन्छ भन्ने सोच त्याग्नु होला ।भन्ने शब्दमा कमलामाई मिडिया प्रा.लि र यसमा आवद्ध पत्रकारहरुले आपति जनाएका छन् ।भने हरिवन नगरपालिका ८ स्थित रहेको महादेव जनता माविको जमिनको विषयमा प्रमाण चाहिएमा स्थानीयस्तरमै सार्वजनिक सुनुवाई गरेर प्रष्ट पार्ने कमलामाई मिडिया प्रा.लिले जनाएको छ ।