Close This

मरिणको प्रशासकिय भवन नेकपा अध्यक्ष दाहालद्धारा उद्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-१ गते   २८२ पटक हेरिएको

 सिन्धुलीको मरिण गाउपालिकाको प्रशासनिक भवन उद्धघाटन भएको छ । मरिण गाउँपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधा सम्पन्न प्रशासकिय भवन निर्माण सम्पन्न भएपछि आज उद्धघाटन गरिएको हो । 
निर्माण सम्पन्न भवनको शनिवार एक समारोहका बिच पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले आज एक कार्यक्रमका विच प्रशासनिक भवनको उद्घाटन गर्नु भएको हो । अनक कन्ट्रक्सन कम्पनी प्रा.लीले कुल रु ५ करोड लागतमा साढे तिन तले भवन निर्माण गरेको हो ।
मरिण गाउपालिका र अनक कन्ट्रक्सन कम्पनी प्रा.ली बिच २०७७ साल पुष मसान्त सम्ममा भवन निर्माण सम्पन्न गर्ने गरी २०७५ साल असार २६ गते सम्झौता भएको थियो । लिफ्ट समेत रहेको भवन अपाङ्गमैत्री समेत रहेको मरिण गाउँपालिकाका प्रवक्ता तथा वडा नं.३ का वडा अध्यक्ष विमर्श मोक्तना(प्रख्यात)ले जानकारी दिनु भयो । नयाँ भवन बनेसँगै अब मरिण गाउपालिकाको प्रशासनिक कामकाज सोही भवनबाट नै सञ्चालन गर्नै भएको छ ।
सुविधा सम्पन्न भवन भने पछि जनतालाई छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह गर्न सकिने मरिण गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो । यस अघि भाडाको घरबाट गाउपालिकाको कार्यालय संचालन हुदैआएको थियो । जसका कारण विभिन्न शाखाहरु एउटै कोठाबाट सञ्चालन गर्दा कर्माचारीहरु तथा सेवाग्राहीहरुलाई समस्या हुने गरेको थियो ।
नयाँ भवन बनेपछि कार्यालयको दैनिक प्रशासनिक कामहरु चुस्तदुरुस्त र व्यवस्थित ढंगमा सम्पादन गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेलले बताउनुभयो । नव निर्मात भवनमा गाउपालिकाको सबै शाखाहरुको छुट्टाछुट्टै कोठाहरु रहेका छन् । 
कार्यक्रममा सिन्धुली जिल्ला प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेल,गणेश कुमार पहाडी,प्रदेश सभा सदस्य राजन दाहाल(लेखनाथ),वसन्त माझी,नेकपा सिन्धुलीका इन्चार्ज कमलजंग राई लगायतका नेता तथा कार्यकर्ताहरुका साथै जनप्रतिनिधिहरुको  उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech