बागमतीका सामुदायिक विद्यालयहरुमा शिक्षासंगै सिप र आयआर्जनका कार्यक्रम

663 Shares

सर्लाहीको बागमती नगरपालिका भित्र रहेका सामुदायिक विद्यालहरुले शिक्षासंगै सिप र स्वारोजगारमुलक कार्यक्रम सुरु गरेका छन् । सिप विनाको शिक्षा ज्योती बिनाको आँखा जस्तै हुने भन्दै बागमतीका सामुदायिक विद्यालहरुले शिक्षासंगै सिप र स्वारोजगारमुलक कार्यक्रम सुरु गरिएको जन जागरण माविका प्रधानाध्यापक बद्री प्रसाद पोख्रेलले बताए ।
उनका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन भएका विद्यालयहरुले पढ्दै कमाउँदै कार्यक्रम अन्र्तगत पशु पालन तथा कृषि जन्य पदार्थको उत्पादनमा विद्यार्थीलाई जोडेका छन् भने अन्य विद्यालयहरुले आफैँले नयाँ खालका सिप विकासका कार्यक्रमहरु सञ्चालन सुरु गरेका हुन ।
राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत कुखुरा तथा खसी पालन,तरकारी तथा फलफुल उत्पादनका साथै च्याउ उत्पादन गर्ने कार्यक्रम सञ्चालन भई रहेका र राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम लागु हुन बाँकी रहेको विद्यालयहरुमा गमला बनाउने,पातका टपरी बनाउने,सिकालाई कटाई लगायतका सिप विकास र अर्थाेपार्जनका कार्यक्रम सुरु गरिएको बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मीन प्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार शैद्धान्तीक शिक्षाले मात्र बालबालिकाहरुलाई दक्ष बनाउन नसकिने भएकाले सिप र स्वारोजगार सहितको व्यवहारीक शिक्षामा बागमती नगरपालिका भित्र रहेका माविस्तरका सामुदायिक विद्यालयहरुले चासो राखेका हुन ।
राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रहेको पढ्दै कमाउँदै कार्यक्रम अन्र्तगत केही विद्यालयहरुमा यस्ता कार्यक्रमहरु सञ्चालन भएका भएपनि जुन विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन भएको छैन् । ती विद्यालयहरुले आन्तरिक व्यवस्थापनमा स्वरोजगारमुलक तथा सिपमुलक कार्यक्रम सुरु गरेका नगर शिक्षा शाखाका ओम बहादुर कार्कीले बताए ।
जनवाल कल्याण माविले पहिलो चरणमा कक्षा ६ देखि १० सम्मका इच्छुक १५ जना विद्यार्थीहरुलाई शिक्षासंगै सिप र आयआर्जनमा जोडेको प्रधाानध्यापक प्रकाश बहादुर जिम्वाले बताए ।जनवाल कल्याण माविले राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमका लागि पटक पटक फारम भरेको भएपनि स्वीकृत नभए पछि विद्यालयले आफ्नै पहल कदमी र आन्तरीक व्यावस्थापनमा सिप मुलक कार्यक्रम सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर बोहराले बताए ।
उनका अनुसार छात्रछात्राहरुलाई सिमेन्टेड गमला निर्माण गर्न सिकाउन थालिएको हो । स्कुलका छात्रछात्राहरुले तयार गरेको गमला गाउँघर बिक्री वितरण गरिने र बाँकी रहे नगरपालिकाको समन्वयमा बजार ब्यवस्थापन गर्ने आश्वासन शिक्षा शाखा प्रमुख उपाध्यायले बताए ।
यस किसिमको अध्यायन अध्यापनले विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान र सिप प्राप्त गर्न सहज हुनुका साथै उनीहरुले पढ्दै कमाउँदै गर्दा आम्दनी समेत गरिरहेका नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताए ।गरीबका छोराछोरी पढ्ने सामुदायिक विद्यालयहरुमा कापि कलम समेत किन्न नसक्ने अवस्थाका अभिभावकहरुलाई यस प्रकारका कार्यक्रमहरु सञ्चालन हुँदा निकै राहत मिल्ने उप प्रमुख मोक्तानले बताइन् ।
नगरपालिकाले योजना नै बनाएर नगरको शिक्षाको गुणस्तर सुधार गर्नुका साथै विद्यार्थीहरुलाई सिप र आयआर्जनसंग जोड्न काम सुरु गरेको नगर प्रमुख भरत कुमार थापाले बताए । उनका अनुसार कोरा किताबी ज्ञानले सिप नसिकाउने र सिप नसिके आर्यआर्जन नहुने हुँदा नगरका हरेक मानिसलाई आफ्नो क्षमता अनुसारको आर्यआर्जनमा जोड्ने योजना नगरपालिकाले बनाएको छ ।

सम्बन्धित समाचार