जिल्ला समन्वय समिति सर्लाही आफ्नै भवनमा सरेको छ ।साविकको जिल्ला विकास समितिको जीर्ण भवनबाट सेवा प्रवाह गरी रहेको जिल्ला समन्वय समिति सर्लाही मंगलबारदेखि आफ्नै जग्गामा निर्माण भएको भवनमा सरेको जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र कुमार कुशवाहाले जानकारी दिए ।उनका अनुसार साविकको जिल्ला विकास समितिको जीर्ण भवनबाट सेवा प्रवाह गरी रहेको जिल्ला समन्वय समिति जिल्ला प्रशासन कार्यालय मलंगवा आफ्नै भवनमा सरेपछि उत्त भवनमा सरेको हो ।
करिब एक दशक जीर्ण भवनमा रहेको समन्वय समिति जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही आफ्नै भवनमा परेपछि खाली रहेको उक्त भवनमा सरेको हो ।जहाँ पुर्वाधार विकास कार्यालय र जिल्ला समन्वय समिति सर्लाही विच को सर्ने भन्ने विवाद समेत सृजना भएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशर किशोर सिंहले बताए ।उनका अनुसार साविकको जिल्ला विकास समितिको स्वमित्वमा रहेको उत्त जग्गामा पुर्वाधार विकास कार्यालयले भवन निर्माण गरेको थियो ।