कसरी भयाे हरिपुर्वामा दाजुभाई विच झडप के थियाे विषय

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१२ गते   ३१० पटक हेरिएको

भरत राय  र गणेशी राय सहोदर दाजुभाई हुन् । करिब ६/७ महिना पहिला भरतको अन्दाजी ३४/३५ बर्षका छोरा मनोज यादव झुण्डीएको अवस्थामा मृत फेला परेका थिए । मृतकका परिवारले काका गणेशीले नै मनोजको हत्या गरेर झुण्डाएको आरोप लगाउँदै आएका थिए । उनीहरुले गणेशी र उनको परिवार बिरुद्ध किटानी जाहेरी समेत दिए थिए । त्यसपछि गणेशी  र उनकी श्रीमती फरार भएका थिए । छठ पर्व मनाउन गणेशीको परिवार घर आएको अवस्थामा सोही विषयलाई लिएर शुक्रवार साँझ दाजुभाईका परिवारबीच झगडा भएको प्रहरीले जनाएको छ ।
भरतको श्रीमती फुलो देवीले आफ्नो छोरा मारेको आरोप लगाउँदै देवर गणेशीका परिवारलाई गाली गलौज गरेको स्थानीयको भनाई छ । त्यसपछि गणेशीको परिवारले फुलो देवी माथि कुटपिट गरेको भरत  परिवारको आरोप छ ।
लगत्तै भरतको परिवारले गणेशी को छोरा अन्दाजी  १८/२० बर्षका राहुल राय माथि निर्घात कुटपिट गरेका थिए । लगत्तै घटनास्थलमा उपस्थित भएका स्थानीयले समेत गणेशीको घर घेरा हालेर आक्रमण गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । घटनास्थल पुगेको प्रहरीले गणेशीको परिवारको उद्धार गर्नखोज्दा स्थानीयले प्रहरी माथि नै ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता  प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
त्यसपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरी गणेशीको परिवारको उद्धार गरेको थियो । हवाई फायर पछि भीड तिरतबितर भएको र स्थिती नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटनामा सामान्य घाईते भएका फुलो देवी र राहुलको प्रादेशीक अस्पताल मलंगवा र लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech