सर्लाहीमा सवारी चालक अनुमति पत्र (लाइसेसन्स) विना नै अधिकांश अटो रिक्सा तथा टेम्पु निर्वाध रुपमा सञ्चालन आएका छन् । जिल्लाका शहर बजारदेखी गाउँघरसम्म पुग्नलाई सहज सवारी साधनको रुपमा रक्सिा,अटोलाई नै लिने गरिन्छ । एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न अटो रिक्सा तथा टेम्पु सबैलाई सहज भएको छ तर अटो चलाउने अधिकांश चालकसँग लाइसेन्स छैन । भने त्यस्ता सवारी साधनहरुसंग भाडा लिष्ट समेत छैन ।
जिल्लामा करिब ३ सय भन्दा बढी अटो,रिक्सा तथा मयुरी सञ्चालीत छन । त्यसमध्य करिब २ सय भन्दा बढी सवारी चालकहरुसंग सवारी चालक अनुमतीपत्र लाइसेन्स नहुँदा दुर्घटनाको जोखिम समेत उतिकै बढेको छ। जिल्लाका प्रमुख शहर तथा ग्रामीण क्षेत्रमा चल्ने अधिकांश सवारी साधनका चालकसँग चालक अनुमति पत्र लाइसेन्स नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङ्गले बताउनु भयो । उहाँका अनुसार अधिकांश चालकले अनुमतिपत्र विना नै अटो रिक्सा तथा टेम्पु चलाउने गरेको भन्दै बेलाबेलामा छड्के चेकिङ ट्राफिक प्रहरीले गर्ने गरेको छ ।
सवारी लाइसेन्स विहिन अटो रिक्सा तथा टेम्पु चालकका कारण सवारी दुर्घटना बढेको भन्दै त्यस्ता सवारीसाधन चलाउने माथि रोक लगाउनुपर्ने स्थानीयहरुले बताएका छन् । भने निजी नम्बर प्लेटका त्यस्ता सवारी साधनहरुले भाडाको सवारी झैँ सञ्चालनमा रहेकाछन् । भने जिल्लामा सञ्चालीता साना तथा ठुला रमालबाहक तथा यात्रुबाहक सवारी साधनहरुसंग भाडा लिष्ट छैन । जसका कारण दिनप्रतिदिन स्थानिय नागरिक ठगिदै आएका छन् ।
दिनप्रति दिन अटो रिक्सा तथा टेम्पु र मयुरीको चाप बढदै गएको र ट्राफिक नियमको उल्लंघन समेत धेरै मात्रामा हुँदा दुर्घटना समेत बढेपछि सिमित गतिमा चलाउन, तोकिएको स्थानमा मात्र पार्किंग गर्न, रुट परमिट लिन र भाडा दर टाँस गर्न समेत आफुहरुले आग्रह गरि रहेको प्रहरी निरिक्षक दोङ्गले बताउनुभयो । तर अटो,रिक्सार मयुरी चालकहरुको मनोमानी पनि बढेको पाइएको छ ।
अटो रिक्सा तथा टेम्पु लाई व्यवस्थि गर्न सके सवारी दुर्घटनामा समेत कमी आउने रिपोर्टस क्लब नेपाल सर्लाही शाखाका सचिव राजिव साहले बताएका छन् । जिल्लाका अधिकांश टेम्पु चालकहरु पहिलाको रिक्सा चालकहरु रहेका कारण अहिले उनिहरुसंग सवारी चालक अनुमती पत्र नरहेको भएपनि अब उनिहरुले सवारी चालक अनुमती पत्र बनाउनुपर्ने र प्रक्तिगत रुपमा आफ्ना सवारी साधनहरुलाई चलाउनुपर्ने रौतहट सर्लाही यातायात व्यावसायी संघका अध्यक्ष राज कुमार मैनालीले बताउनु भयो । उहाँले आफु र आफ्नो सवारी नियमसंगत तरिकाबाट सञ्चालनमा आएमा सडक तथा सवारीसम्बन्धी कुनै पनि समस्या नआउने बताउनुभयो ।