संविधान दिवशकाे अवसरमा दिपेन्द्र सामुदायिक वनमा वृक्षाराेपण

422 Shares

१० औँ संविधान दिवश तथा राष्ट्रिय दिवशको अवसरमा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको आयोजनामा वृक्षारोपण गरिएको छ।१० औँ संविधान दिवश तथा राष्ट्रिय दिवशको अवसरमा पुर्व निर्धारित कार्यक्रम अनुसार लालबन्दी नगरपालिका १६ स्थित रहेको श्री ५ दिपेन्द्र स्मृति सामुदायिक वन उपभोक्ता समुहको खाली रहेको जमिनमा विभिन्न किसिमका फलफुलका साथै अन्य विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले जानकारी दिए ।
उनका अनुसार १० औँ संविधान दिवश तथा राष्ट्रिय दिवशको अवसरमा पुर्व निर्धारित कार्यक्रम अनुसार लालबन्दी नगरपालिका १६ स्थित रहेको श्री ५ दिपेन्द्र स्मृति सामुदायिक वन उपभोक्ता समुहको खाली रहेको जमिनमा फलफुल तथा अन्य प्रजातीका गरि एक सय ६० वटा विरुवा रोपिएको हो।प्राकृतिक विपद् न्युनिकरण,वन अतिक्रमण नियन्त्रण,प्राकृतिक दोहन न्युनिकरण र स्थानीय सामुदायिक वनको आय आर्जनका लागि फलफुलका विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झाले बताए ।
नेपालको संविधान २०७२ कार्यनयन गर्न चुनौती रहेको र गतिशिल संविधान समयानुकूल परिमार्जन गर्दै जान सक्ने प्रशस्त ठाउँहरु रहेका कारण अहिलेको संविधानलाई कसैले विरोध गर्नु आवश्यक नरहेको संविधान दिवश तथा राष्ट्रिय दिवश जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।
उनले बिरुवा रोप्ने तर संरक्षण नगर्ने हो भने उपलब्धिमुलक नहुने भएकोले रोपिएका विरुवाहरुलाई संरक्षण गर्न सरोकारवाला वन मात्रै नभएकाले सबै तह र तप्का लाग्न जरुरी रहेको बताए।१० औं संविधान दिवश तथा राष्ट्रिय दिवश मनाउन तीन दिने कार्यक्रमको तालिका बनाएको र सोही अनुसार कार्यक्रमहरु सञ्चालन भई रहेका जिल्ला समन्वय समिति सर्लाहीका सभापति एवम प्रमुख अतिथि कौशल किशोर सिँहले बताए।उनले डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झा लगायत वनकर्मीहरुलाई वन संरक्षणको सवालमा सबै तह र तप्काले सहयोग गर्ने समेत बताए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी अधिकारीको अध्यक्षताका साथै जिल्ला समन्वय समिति सर्लाहीका सभापति सिँहको प्रमुख आतिथ्यतामा १० औँ संविधान दिवश तथा राष्ट्रिय दिवशको अवसरमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका उप सभापति जितेन्द्र कुशवाहा,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,जिल्लाका सुरक्षा अधिकारीहरु,नगरका जनप्रतिनिधिहरु,वनकर्मीहरु र स्थानीयबासी लगायतको उपस्थिति रहेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सुचना अधिकारी एवम सहायक वन अधिकृत राकेश रन्जन दासले जानकारी दिए ।
उनका अनुसार“रुख लगाऔं,प्रकृति बचाऔं”भन्ने मुलनाराका साथ डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले निरन्तर वृक्षारोपण तथा विरुवाहरुको संरक्षण गर्ने र वनजन्य पदार्थहरुको चोरी तस्करी तथा अवैध निकासी पैठारीलाई न्युनिकरण गर्ने काम गरि रहेको समेत बताए ।

सम्बन्धित समाचार