सर्लाहीको लालबन्दीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय दुई जनाले रक्तदान गरेका छन्।लायन्स क्लब लालबन्दी सिटी र लालबन्दी सिटी लियो क्लबको संयुक्त आयोजना,नेपाल रेडक्रस सोसाईटी धनुषा शाखाको प्राविधिक सहयोग र आईडियल को एड एकेडेमी लालबन्दी नगरपालिका ९ को व्यवस्थापनमा आयोजना गरिएको एकदिने खुल्ला रक्तदान कार्यक्रममा एक सय दुई जनाले रक्तदान गरेको लायन्स क्लब लालबन्दी सिटीका अध्यक्ष दिपक थापाले जानकारी दिए ।
उनका अनुसार इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यको प्रमुख आतिथ्यतामा आयोजना गरिएको रक्तदान कार्यक्रममा लायन्स क्लब लालबन्दी सिटीका पाष्ट रिजनल चेयर पर्सन राज कुमार न्यौपाने, लालबन्दी सिटी लियो क्लब शनि गुप्ता लगायत स्थानीय दिपेन्द्र अधिकारी,दान प्रसाद अधिकारी र शेखर सिंहलगायतको विशेष उपस्थिति रहेको थियो ।