सर्लाहीमा ६ सहित प्रदेश २ मा ५३ अस्पतालको सिलान्यास

4k Shares

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित जिल्लाको हरिवन नगरपालिकाले नगर अस्पतालको शिलान्यास गरेको छ । १५ शैयाको अस्पताल निर्माण गर्न संघिय सरकारले दिएको १८ करोडको लागतमा हरिवन नगरपालिका ४ मा नगर अस्पतालको सिलान्यास गरिएको हो ।
स्वास्थ्य सेवामा अहिलेसम्मकै ठूलो काम नगर अस्पतालको निर्माण गर्नु भएको  हरिवन नगरपालिकाका नगर प्रमुख गणेस प्रसाद प्रसाईले बताउनु भयो । ‘यसलाई स्वास्थ्य क्षेत्रमा क्रान्ति नै भन्दा हुन्छ । उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म भएको थिएन’ उहाले बताउनु भयो । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माणको नीति नेपाल सरकारले ल्याएर “गाउँ गाउँमा सिंह दरबार” भन्ने राष्ट्रिय नारालाई सार्थक पार्न सुरु गरेको नगर प्रमुख प्रसाईले बताउनु भयो ।
अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन भन्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले योजना ल्याएको हो ।। जसअन्तर्गत ५ शैयाका ५२, १० शैयाका १ सय ९ र १५ शैयाका ३५ अस्पताल निर्माण हुनेमा हरिवन ४ मा १५ शैयाको अस्पताल निर्माणका लागि सिलान्यास गरिएको हो । 
त्यसैगरी जिल्लाको हविन,बरहथवा,बलरा र बागमती  नगरपालिका तथा चन्द्रनगर र पर्सा गाउँपालिका गरी ६ स्थानिय निकायमा  १५ शैयाको अस्पताल शिलान्यास भएको छ । बागमती, हरिवन, बलरा र बरहथवा नगरपालिका तथा चन्द्रनगर र पर्सा गाउँपालिकामा अस्पताल शिलान्यास गरिएको हो। सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित सरकारले अस्पताल बनाउँदै छन् ।


बहु वर्षे कार्यक्रममा राखेर अस्पताल निर्माण सुरु गर्ने सरकारको योजना रहेको छ । देशभर ३  सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो बर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको नेपाल सरकारले जनाएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको छ ।
भने  प्रदेश २ मा ५३ स्थानीय निकायमा अस्पताल निर्माण हुने छन् । भने सर्लाहीमा ४ वटा अस्पताल शिलान्यास भएका छन् ।प्रदेश २ मा १० शैयाको १६, १५ शैयाको ३७ वटा अस्पताल शिलान्यास भएका छन । ‘पाँच शैयाको अस्पतालमा १ जना मेडिकल अफिसर सहित १२ स्वास्थ्यकर्मी, १० शैयाको अस्पतालमा  २ जना मेडिकल अफिसर सहित १७ जना र १५ शैयाको अस्पतालमा ३ जना मेडिकल अफिसर सहित २७ स्वास्थ्यकर्मी खटाउने सरकारले तयारी पनि गरेको छ । 

सम्बन्धित समाचार