संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशिका अनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति,कार्यक्रम तथा बजेट असार १० गतेभित्र प्रस्तुत गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुरूप सिन्धुलीका सबै नौ वटै स्थानीय तहले समय सीमाभित्रै बजेट सार्वजनिक गरेका छन् ।यस वर्ष सिन्धुलीका दुई वटा नगरपालिका तथा सात वटा गाउँपालिकाले आ–आफ्नो नगरसभा तथा गाउँसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
असार ५ गतेदेखि १० गते भित्र आगामि आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका सिन्धुलीका स्थानीय तहहरुले प्राय सुशासन,कृषि,खानेपानी,स्वस्थ्य,शिक्षा,पुर्वाधार, रोजगारी,सूचना प्रविधि,विपद् व्यवस्थापन र वातावरण संरक्षणका साथै लक्षित वर्ग तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेका छन् ।सिन्धुलीको सबै भन्दा पुरानो नगरपालिका कमलामाई नगरपालिकाले रु एक अर्ब २६ करोड ८६ हजार नौ सय ९५,दोस्रो नगरपालिका दुधौली नगरपालिकाले रु एक अर्ब १२ करोड ८५ लाख,सिन्धुलीको सबै भन्दा ठूलो गाउँपालिका तीनपाटन गाउँपालिकाले रु ८० करोड ६८ लाख ८१ हजार छ सय ६०,गोलन्जोर गाउँपालिकाले रु ५६ करोड ३३ लाख ८३ हजार,फिक्कल गाउँपालिकाले रु ६१ करोड,सुनकोशी गाउँपालिकाले रु ६७ करोड ५८ लाख,घ्याङ्लेख गाउँपालिकाले रु ४४ करोड ९८ लाख ५६ हजार,मरिण गाउँपालिकाले रु ७६ करोड १७ लाख पाँच हजार र हरिहरपुरगढी गाउँपालिकाले रु ७२ करोड ३१ लाख ५६ हजार बजेट ल्याएका छन् ।
सिन्धुलीका दूई वटा नगरपालिका तथा सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तहहरुले विना विवाद, अवरोध वा सभा स्थगितको अवस्था सृजना नगरी समयमै बजेट ल्याएका जिल्ला समन्वय समिति सिन्धुलीले जनाएको छ।निर्धारित मितिभित्रै नगरसभा तथा गाउँसभा सम्पन्न भई बजेट सार्वजनिक गरिनुलाई जनप्रतिनिधिहरूको कार्यसम्पादन र समन्वय क्षमताको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।आगामी आर्थिक वर्षमा विकास निर्माणलाई तीव्रता दिनुका साथै जनताको आधारभूत आवश्यकता सम्बोधन गर्ने गरी कार्यक्रम केन्द्रित गरिएको सिन्धुलीका स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् ।
कृषिमा आधुनिकीकरण,सडक पूर्वाधार विस्तार,शिक्षा तथा स्वास्थ्य सेवाको सुधार,युवालाई स्वरोजगारमुखी कार्यक्रम तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जनाइएको छ।बजेट समयमै ल्याइनु सकारात्मक भए पनि यसको प्रभावकारी कार्यान्वयन,पारदर्शिता र गुणस्तरीय सेवा प्रवाह नै मुख्य चुनौती रहने स्थानीय जानकारहरु बताउँछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशिका अनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति,कार्यक्रम तथा बजेट असार १० गतेभित्र प्रस्तुत गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुरूप सिन्धुलीका सबै नौ वटै स्थानीय तहले समय सीमाभित्रै बजेट सार्वजनिक गरेका छन् ।यस वर्ष सिन्धुलीका दुई वटा नगरपालिका तथा सात वटा गाउँपालिकाले आ–आफ्नो नगरसभा तथा गाउँसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
असार ५ गतेदेखि १० गते भित्र आगामि आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका सिन्धुलीका स्थानीय तहहरुले प्राय सुशासन,कृषि,खानेपानी,स्वस्थ्य,शिक्षा,पुर्वाधार, रोजगारी,सूचना प्रविधि,विपद् व्यवस्थापन र वातावरण संरक्षणका साथै लक्षित वर्ग तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेका छन् ।सिन्धुलीको सबै भन्दा पुरानो नगरपालिका कमलामाई नगरपालिकाले रु एक अर्ब २६ करोड ८६ हजार नौ सय ९५,दोस्रो नगरपालिका दुधौली नगरपालिकाले रु एक अर्ब १२ करोड ८५ लाख,सिन्धुलीको सबै भन्दा ठूलो गाउँपालिका तीनपाटन गाउँपालिकाले रु ८० करोड ६८ लाख ८१ हजार छ सय ६०,गोलन्जोर गाउँपालिकाले रु ५६ करोड ३३ लाख ८३ हजार,फिक्कल गाउँपालिकाले रु ६१ करोड,सुनकोशी गाउँपालिकाले रु ६७ करोड ५८ लाख,घ्याङ्लेख गाउँपालिकाले रु ४४ करोड ९८ लाख ५६ हजार,मरिण गाउँपालिकाले रु ७६ करोड १७ लाख पाँच हजार र हरिहरपुरगढी गाउँपालिकाले रु ७२ करोड ३१ लाख ५६ हजार बजेट ल्याएका छन् ।
सिन्धुलीका दूई वटा नगरपालिका तथा सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तहहरुले विना विवाद, अवरोध वा सभा स्थगितको अवस्था सृजना नगरी समयमै बजेट ल्याएका जिल्ला समन्वय समिति सिन्धुलीले जनाएको छ।निर्धारित मितिभित्रै नगरसभा तथा गाउँसभा सम्पन्न भई बजेट सार्वजनिक गरिनुलाई जनप्रतिनिधिहरूको कार्यसम्पादन र समन्वय क्षमताको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।आगामी आर्थिक वर्षमा विकास निर्माणलाई तीव्रता दिनुका साथै जनताको आधारभूत आवश्यकता सम्बोधन गर्ने गरी कार्यक्रम केन्द्रित गरिएको सिन्धुलीका स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् ।
कृषिमा आधुनिकीकरण,सडक पूर्वाधार विस्तार,शिक्षा तथा स्वास्थ्य सेवाको सुधार,युवालाई स्वरोजगारमुखी कार्यक्रम तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जनाइएको छ।बजेट समयमै ल्याइनु सकारात्मक भए पनि यसको प्रभावकारी कार्यान्वयन,पारदर्शिता र गुणस्तरीय सेवा प्रवाह नै मुख्य चुनौती रहने स्थानीय जानकारहरु बताउँछन् ।