Close This

सर्लाहीको बसबरियामा चिसो प्रभावितलाई न्यानो कपडा वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२९ गते   ११५३ पटक हेरिएको

सर्लाहीको बसबरिया गाउँपालिकामा शुक्रबार चिसो प्रभावितलाई न्यानो कपडा वितरण गरिएको छ ।सामुदायिक दीगो विकास सेवा समाजको सहकार्यमा बसबरिया गाउँपालिकाका एक सय ५० चिसोबाट अतिप्रभावित परिवारलाई  एक ५० थान ज्याकेट र एक ५० थान पाइन्ट वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार न्यानो कपडा वितरण सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदी,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति शसस्त्र प्रहरी प्रमुख उपरीक्षक भरत खनियाँ,सामुदायिक दीगो विकास सेवा समाज मलंगवाका कार्यक्रम निर्देशक वीरेन्द्रकुमार गुप्ता,सामाजिक विकास केन्द्रका संयोजक राजिव कुशवाहा,बसबरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुनचुन प्रसाद यादवलगायतको उपस्थिति रहेको थियो ।
असाध्य कठ्यांग्रिदो चिसो हुन थालेपछि जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले अति प्रभावित बस्तीमा न्यानो कपडा वितरण निरन्तर गरि रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमले बताए । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech